Smoking Causes Cancer

समाजवादी मोर्चा गुल्मीले अध्यादेशकाे विराेध गर्ने



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: समाजवादी माेर्चा गुल्मीको दाेस्राे बैठक सम्पन्न भएको छ। सदरमुकाम तम्घासस्थित माओवादी केन्द्रकाे पार्टी कार्यालयमा सम्पन्न बैठकले समाजवादलाई मान्ने विभिन्न राजनीतिक दल, समूह तथा बुद्धिजीवी/व्यक्तिहरुसँग छलफललाई फराकिलो बनाउने र मोर्चामा सम्बद्ध गराउने निर्णय गरेकाे छ।

त्यसैगरी अहिले सरकारले ल्याएको अध्यादेशकाे विराेध गर्ने, जिल्लामा भइरहेका विकास निर्माण र प्रशासनीक क्षेत्रमा भएका विसंगतिकाे बिराेध गर्ने, छत्रकाेट गाउँपालिका-,४ श्रृंगामा रहेको श्रृंगा माविकाे परीक्षा केन्द्र सार्ने निर्णयबारे अध्ययन गरि धारणासहित पहलकदमी निर्णय लिने निर्णय गरेकाे छ।

बैठकले समाजवादी केन्द्र गुल्मीको नेतृृत्व नेकपाका जिल्ला इन्चार्ज खाेमा सीलाई प्रदान गरेकाे माओवादी केन्द्र गुल्मीका सचिव अशाेक थापाले जानकारी दिए। यसअघि समाजवादी माेर्चा गुल्मीको संयाेजकमा माओवादी केन्द्रका युवराज केसी रहेका थिए।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो