Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा २८ विद्यालयका १,०३७ किशोरीले लगाए एचपिभी खोप



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

– सुरज आचार्य 
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाकामा २८ विद्यालयका १,०३७ किशोरीले लगाए एचपिभी खोप लगाएका छन्।

माघ २२ गतेदेखि शुरु भएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत मुसिकोटका २८ विधालयका १०३७ किशोरीले पाठेघरको मुखको क्यानसर विरुद्धको एच.पि.भि खोप लगाएका हुन् ।

मुसिकोट नगरपालिकाकाका २९ विधालयका १० वर्षमाथिका १२२६ किशोरीमध्ये हालसम्म १०३७ किशोरीलाई खोप लगाइएको मुसिकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक पुष्कर गौतमले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

बाँकी रहेको मुसिकोट नगरपालिका वडा नं ९ को ददल्का माध्यमिक विधालयमा माघ २५ गते शुक्रबार खोप लगाइने निरीक्षक गौतमले जानकारी दिनुभयो ।

विधालयबाट खोप लगाउन छुटेका छुटपुट किशोरीहरुले प्रत्येक वडामा रहेका स्वास्थ चौकीबाट लगाउन सकिने गौतमले जानकारी दिनुभयो ।

सरकारले यो वर्षदेखि एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने १० देखी १४ वर्ष उमेर समूहका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ ।

यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउदा बढी प्रभावकारी हुने भएकाले १० देखि १४ वर्षको उमेर छनोट गरिएको हो। माघ २२ गतेदेखी शुरु भएको राष्ट्रिय खोप कार्यक्रम फागुन ६ गतेसम्म चल्नेछ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो