Clean Water Campaign

Awareness Campaign

अछाम घटना: फोनबाट प्रेम, शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गर्दा हत्या



ओझेलका खबर संवाददाता
७ महिना अगाडि


Awareness

Place for ads

अछाम: अघिल्लो साता अछामको ढकारी गाउँपालिका-१ को छिन्ने जंगलमा मृत भेटिएका दुई किशोरीको हत्या भएको खुलेको छ। ती दुई दुई किशोरी हत्याको कारण यौन प्रस्ताव स्वीकार नगर्दा भएको खुलेको छ। ढकारी गाउँपालिका-८ कि १५ वयर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्कालाई यौन प्रस्ताव अस्वीकार गरेका कारण ढकारी गाउँपालिका-३ का दुई किशोरले हत्या गरेको खुलेको हो।

गत शुक्रबार गोठालो गएका बेला बेपत्ता भएर भोलिपल्ट छिन्ने जङ्गलमा मृत भेटिएकी किशोरीको प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरिएको प्रहरीले जनाएको छ । यही माघ ११ गते घरबाट बाख्रा चराउन गएका दुई जना किशोरी भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए । घटनाको आशंका र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका १७ र १५ वर्षका दुई जना किशोरले किशोरीको हत्या गरेको खुलेको छ ।

पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । प्रहरीलाई दिएको बयान र अनुसन्धानबाट उनिहरुले हत्या गरेको खुलेको हो । घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

सिंचाई
Forest
Ad.

प्रहरीले दिएको जानकारी अनुसार घटना भएको दिन मृतकहरु बाख्रा चराउन गएको जङ्गलमा आरोपितहरु पनि पुगेका थिए । उनीहरु किशोरीहरुको फोन सम्पर्कमार्फत जङ्गल पुगेका हुन् । उनीहरु प्रेमी–प्रेमिका रहेको खुलेको छ । आरोपितहरुले जङ्गलमा मृतकसँग उपहार स्वरुप चुन्नी मागेका थिए । मृतक ईशराले चुन्नी दिए पनि सरस्वतीले चुन्नी उपहार लिन नमान्दा घटान घटेको देखिएको छ ।

सरस्वतीले चुन्नी नदिएर बाख्रा फर्काउन गएको समयमा १५ वर्षीय किशोरले यौन प्रस्ताव समेत राखेका थिए। सरस्वतीले उनको यौन प्रस्ताव अस्वीकार गर्दा उनलाई ढुङ्गाले हानेर हत्या गरेका खुलेको हो । सरस्वतीको हत्याको खबर गाउँमा भनिदिने भन्दै भाग्ने क्रममा ईशरालाई उनकै प्रेमी १७ वर्षीय किशोरले ढुङ्गाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले केही दिन पहिले पक्राउ परेका दुई किशोरले नै उनीहरुहको हत्या गरेको बताएका छन् ।‘ किशोरीको हत्याको प्रमुख कारण प्रेम सम्बन्ध र यौन प्रस्ताव हो ’ प्रहरी प्रमुख डिएसपी भण्डारीले भने ।

उनका अनुसार मृतक इशरा खड्का र पक्राउ परेका मध्येका एक नाबालक किशोरबीच लामो समयदेखि टेलिफोनमा कुुराकानी हुने गरेको थियो । उनीहरु दुवै जनालाई टेलिफोनमा हुने संवादले प्रेम सम्बन्धमा पुर्याइसकेको थियो तर भेट्ने मौका पाइएको थिएन । शुक्रवार गोठालो गएका बेला छिन्ने जङ्गलमा भेट्ने तय भएको थियो । पहिलो भेटमै हत्याको घटना भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो