Salime Malika Krishi Farm

Awareness Campaign

प्रथम खुकुरी कपको उपाधि जनसहयोग माविले पार्यो हात



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Awareness

Place for ads

– प्रदिप भुसाल
गुल्मी: तम्घासको चिदीचौरमा आयोजित प्रथम खुकुरी कप २०८१ को उपाधि जनसहयोग माविले जितेको छ। माघ १६ गतेदेखि सुरु भएको यस कपमा १२ वटा विद्यालय टोलीले सहभागिता जनाएका थिए।

खुकुरी युथ क्लबको वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगिताले जिल्लाका क्रिकेटप्रेमी विद्यार्थीहरूलाई एकीकृत गरेको छ । आज सम्पन्न फाइनल खेलमा सिद्धबाबा मावि र जनसहयोग मावि बीच प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलमा जनसहयोग माविले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लियर उपाधि जित्न सफल भयो।

सुरुमा व्याटिङ गरेको सिद्धबाबाले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ६१ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको जनसहयोगले मात्र ८.१ ओभरमा छ विकेट गुमाएर ६२ बनाएको थियो । विजेता जनसहयोग माविलाई नगद २२,२२२रुपैयाँ, ट्रफी, र प्रमाणपत्र प्रदान गरियो। उपविजेता सिद्धबाबा माविले ११,१११ रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्यो।

सिंचाई
Forest
Ad.

उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, र उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिएको थियो।क्लबका अध्यक्ष सन्दीप भलामीले यस्ता प्रतियोगिताले जिल्लाको खेलकुद क्षेत्रलाई विकास गर्न मात्र नभई विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउन मद्दत पुग्ने बताए । उनले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताका दिने पनी बताए।

प्रथम खुकुरी कपले जिल्लामा क्रिकेटप्रतिको आकर्षण र विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आयोजक खुकुरी युथ क्लबले यो कपलाई हरेक वर्ष आयोजना गर्ने प्रतिबद्धता जनाएको छ भन्ने जानकारी क्लबका सचिव निशान टंडन ले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो