Clean Water Campaign

Awareness Campaign

पत्रकार महासंघ गुल्मीको पुरानोले नयाँ समितिलाई जिम्मेवारी सुम्पियो



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

 

 ८  पुस  ०८१  गुल्मी  । नेपाल पत्रकार महासंघ गुल्मीको निर्वतमान कार्य समितिले नवनिर्वाचित कार्य समितिलाई सोमबार एक समारोहका बिच कार्यभार सुम्पिएको छ ।

निर्वतमान कार्य समितले गत मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित कार्य समितिका अध्यक्ष अनिल खत्री सहितका कार्य समितिलाई कार्यभार सुम्पिएको हो ।
जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सम्पुपुर्ण पत्रकारहरुको तर्फबाट महासंघका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सिंचाई
Forest
Ad.

बधाई तथा शुभकामना कार्यक्रममा सम्पुर्ण राजनतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला कार्य समिति कोषाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पत्रकारहरुको जिम्मेवारी पुरा गर्न जिल्लाका पत्रकारहरुले कत्ति कमी हुन नदिन सुझाव दिदै नवनिर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका बिशेष अतिथी रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले पत्रकार महासंघका संस्थापक कृष्णप्रसाद भट्टराईको २०१ औ जन्मजयन्तीको अवसरमा उहाँको स्मरण गर्दै पत्रकारिता पेशालाई मर्यादित , निष्पक्ष र स्वतन्त्र राख्न सुझाव दिनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख खत्रीले यस अघिको कार्य समितिले जिम्मेवारी सम्हाले लगत्तै कोरना महामारीको कहालिलाग्दो बेला महासंघले अक्सििन प्लाटन्ट स्थापनाका लागि खेलेको भुमिका कहिल्लै भुल्न नसकिने रहेको भन्दै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

Awareness by SKF

कार्यक्रममा महासंघको निर्वाचनमा प्रमुख निर्वाचन अधिकृत रहनु भएकी अधिबक्ता हिरा कुँवर , निर्वाचन अधिकृतद्धयः भिम न्यौपाने र बलबहादुर कुँवरलाई मायाको चिनो सहित सम्मान गरिएकोा थियो ।

त्यस्तै निर्वतमान समितिले वर्तमान समितिलाई सम्मान गरिएको थियो । जिम्मेवारी हस्तान्तरणका क्रममा निर्वतमान सचिव प्रेम सुनारले वर्तमान समिति सुमन सन्तोष महतरालाई महासंघको म्युनिट हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दल , सुरक्षा निकायका प्रमुख तथा पत्रकारहरुको सहभागिता थियो । महासंघका निर्वतमान सचिब सुनारको संचालन रहेको कार्यक्रममा अध्यक्ष टोपलाल अर्यालले पत्रकारिता शुद्धिकरण गर्दा आफुले खेप्नु परेका आलोचनाको जबाफ दिई कार्यक्रमम समापन भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो