Clean Water Campaign

Awareness Campaign

चन्द्रकोटमा एकीकृत घुम्ती शिविर तथा योजना उपभोक्ता अनुशिक्षण कार्यक्रम शुरु



ओझेलका खबर
८ महिना अगाडि


Awareness

Place for ads

८ पौष/ गुल्मी ।चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा आजबाट एकीकृत घुम्ती शिविर सुरु भएको छ। नागरिकको नजिकको सरकारको रुपमा स्थानीय सरकार रहेको र सरकारले गर्ने सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री बनाउदै सकेसम्म सहज बनाउने उद्देश्यले वडा तहबाटै विभिन्न प्रकारका सेवा- सुविधा सहित शिविर शुरु भएको हो।

चन्द्रकोट ८ तुराङ्ग मजुवा स्थित वडा नं. ८ को वडा कार्यालयबाट सुरुभएको उक्त कार्यक्रममा उपभोक्ता समितिहरुका लागि अनुशिक्षण कार्यक्रम, योजना संझौता, मेडिकल अधिकृत सहितको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण, जेष्ठ नागरिक परिचयपत्र वितरणमा घुम्ती टोली सकृय भएको छ ।

टोलीमा कृषि/पशुपंक्षी फर्म/ व्यवसाय दर्ता र नवीकरण, संघ संस्था दर्ता तथा नवीकरण, कृषि परामर्श तथा रोग किराको औषधि वितरण, निशुल्क गोवर परिक्षण, रेविज विरुद्धको कुकुरलाई लगाउने भ्याक्सिन, पशु औषधी वितरण तथा परामर्श सेवा लगायतका सेवाहरु समावेश रहेका छन्।

नागरिकलाई सकेसम्म सहज होस् भन्ने अभिप्रायका साथ गाउँ कार्यपालिकाको निर्णयअनुसार समय तालिका तयार गरी नागरिककै घरदैलोमा यस प्रकारको कार्यक्रम संचालन गरिएको र जसले गर्दा नागरिकलाई आफ्नै स्थानबाट सेवा प्राप्त गर्ने अधिकार शुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले बताउनु भयो।

सिंचाई
Forest
Ad.

एकीकृत घुम्ती शिविर कार्यक्रम गत बर्ष पनि संचालन भएको र सो को पृष्टपोषणको आधारमा थप बृहत् बनाउँदै लगेको गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

चन्द्रकोट गाउँपालिकाका वडाहरु भुगोलका हिसावमा छरिएर रहेका र यस किसिमका बस्तीहरुबाट नागरिकहरु सामान्य कामका लागि पनि गाउँपालिका धाउनु पर्ने बाध्यतालाई यस प्रकारका शिविरबाट क्रमश कम गर्दै लैजाने उद्देश्य रहेकोले कार्यक्रमको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले बनाई छ ।

यस किसिमको कार्यक्रमको सुरुवात आफ्नो वडाबाट सुरु गरेकोमा गाउँपालिकालाई धन्यबाद दिँदै वडा अध्यक्ष फणिन्द्र राज अर्यालले पालिकाले यस किसिमका रचनात्मक कामहरु संचालन गर्नुपर्ने र यसका लागि वडाको तर्फबाट पूर्ण साथ रहने बताउनुभयो।

शिविरमा सेवा लिन आउनुभएका चन्द्रकोट ८ का ७३ बर्षिय गोविन्द बहादुर रजालीले वडामै आएर जेष्ठ नागरिक परिचयपत्र पाउँदा बल्ल सरकारको सेवा आएको महसुस भएको बताउनु भयो।

Awareness by SKF

आजको पहिलो दिनको कार्यक्रमबाट करिव २०० जना नागरिक प्रत्यक्ष लाभान्वित भएको र गाउँपालिकाले अरु सबै वडाहरुमा सुचना जारी गरि यस कार्यक्रमलाई निरन्तरता दिने सूचना अधिकारी शिव ज्ञवालीले प्रतिबद्धता जनाउनु भयो । त्यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मी बाट प्रशासकीय अधिकृत तारा फुल्देलको टोलि राष्ट्रिय परिचय वितरण्स्को अनुगमन लगायत प्रशासनिक सेवा प्रवाहमा नागरिकहरुको सुझाव संकलनमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो