Salime Malika Krishi Farm

Awareness Campaign

दोश्रो मुसिकोट महोत्सवमा २ लाख बढी पुरस्कार राशिको भलिबल प्रतियोगीता हुँदै



सागर भण्डारी
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: दोश्रो मुसिकोट महोत्सवमा २ लाख बढी राशि पुरस्कारको पुरुष भलिबल प्रतियोगीता आयोजना हुने भएको छ।

गुल्मी मुसिकोट उद्योग वाणिज्य संघको आयोजनामा यही पौष १२ गतेदेखि २१ गतेसम्म दोश्रो मुसिकोट महोत्सव कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवं व्यापार मेला हुँदैछ।

वडा नं ७ स्थित वामीटक्सार बजारमा हुने महोत्सवको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगीताको प्रथम पुरस्कार राशि २ लाख १ हजार रुपैयाँ रहेको छ । खेल संयोजक लक्ष्मण फुल्लेलका अनुसार प्रतियोगीतामा दोश्रो हुने प्रतियोगी समुहले नगद रु. १ लाख १ हजार रुपैयाँ र तृतीय हुने प्रतियोगी समुहले नगद रु. ५१ हजार रुपैयाँ पाउनेछन् । भने सान्त्वना हुनेले नगद रु. २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

सिंचाई
Forest
Ad.

नगद पुरस्कार सहित सबै विजेताहरुले कप, मेडल र प्रमाण पत्र समेत प्राप्त गर्नेछन् । प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट अनुशासित खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको फुल्लेलले जानकारी दिनुभयो ।

पुरुष भलिबल प्रतियोगीतामा सहभागी हुने समुहले पौष १० गते दिउँसो ४ बजेसम्म नाम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । भने दर्ता शुल्क ७ हजार रुपैयाँ रहेको छ । हालसम्म करिब ६ समुह सम्पर्कमा आईसकेको खेल संयोजक फुल्लेलले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा स्थानीय कृषि उपज प्रदर्शनी, स्थानीय घरेलु उद्योग उत्पादन प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, स्थानीय झाँकी प्रदर्शनी, मुसिकोट समुहगत नृत्य प्रतियोगीता, गायन आइडल लगायतका अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित दर्जनौँ राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहने गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिनुभयो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो