Smoking Causes Cancer

गुल्मी प्रशासनलाई फाउण्डेसनबाट फर्निचर सहयोग



शर्मिला चुँदारा
२ वर्ष अगाडि


Place for ads


अनिल खत्री
गुल्मी । गुल्मी जिल्ला प्रशानस कार्यालयलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा फर्निचर सामाग्री सहयोग भएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिने सेवाग्रहीको सहजताको लागि मानबहादुर एण्ड मायादेवी फाउण्डेसन तम्घास गुल्मीले १२ वटा बेञ्च सहयोग गरेको छ । फाउण्डेसनको तर्फबाट मानबहादुर श्रेष्ठले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई उक्त फर्निचर सामाग्री प्रदान गगर्नुभएको हो । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेको भिड अत्याधिक बढेको छ । भिडका कारणले ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर सेवा लिनु पर्ने अवस्था थियो । काठबाट तयार भएका बेञ्चमा एउटामा ८ जनासम्म बस्न मिल्ने गरि तयार गरिएको छ । ज्येष्ठ नागरिकहरुले पाइरहेको कष्टपूर्ण अवस्था देखेपछि फाउण्डेसनका संरक्षक मानबहादुर श्रेष्ठले बताउनुभयो । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा पालो कुर्ने स्थलमा बस्ने बेञ्च नहुँदा समस्या रहेको थियो । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्रहीको सहजताको लागि फाउण्डेसनलाई गरिएको आग्रह स्वरुप १२ वटा बेञ्च सहयोग भएकोमा धन्यवाद दिनुभयो । उनले पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्र, राहदानी लगायत प्रशासनका सबै सेवा लिनेको संख्या अत्यधिक रहेकाले सेवाग्रहीलाई पालो कुर्ने क्रममा चिसो भुइमा बसेर पालो कुर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा गुल्मी जिल्लामा विभिन्न ठाउँमा विभिन्न समयमा सहयोग प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

शर्मिला चुँदारा को बारेमा

शर्मिला चुँदारा गुल्मीमा सक्रिय पत्रकार हुन्।

शर्मिला चुँदारा द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →