Smoking Causes Cancer

गुल्मीमा गाई चोरेर काटेको आरोपमा एकजना पक्राउ



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा जिउँदो गाईको मासु काटेको आरोपमा एक जना युवक पक्राउ परेका छन। जिल्लाको गुल्मीदरबार गाउँपालिका-१, बलिथुम कुमाल गाउँका २७ बर्षिय डोलबहादुर कुमाल पक्राउ परेका हुन।

गत असोज २२ गते गाई काटेर मासु खाए, बेचेको आरोपमा मजुवा प्रहरी चौकीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा हिजो पठाएको जिल्ला प्रहरी प्रमुख एसपी राजन भुजेलले जानकारी दिए।

‘ निजलाई  यहाँ  ल्याई  सोधपुछ भईरहेको छ , अरु थप मानिसहरु पनि  गाई काट्ने घटनामा संंलग्न छन्  कि भन्ने बिषयमा पनि बुझ्ने काम भई रहेको छ, एसपी भुजेलले भने।

सिंचाई
Forest
Ad.

गुल्मीदरबार गाउँपालिका १ का वडाध्यक्ष राजेन्द्र कँडेलका  अनुसार मजुवाको प्रहरीले निजको गोठ–मल्खातोबाट   गाईको  टाउँको,  खुट्टा र छाला  बरामद गरेको छ । ‘ म कहाँ त्यस्तो सुचना आए पछि मैले प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरे पछि  गाईको उक्त  अंगहरु  फेला परेको हो ।

‘छिमेकी एक महिलाले अर्कैको बाट गत ८/९ बर्ष देखि पाल्न ल्याएको  बताएकी छन’ वडाध्यक्ष कंडेलले भने, ‘निजले बोल्न नसक्ने एक जना मान्छेलाई प्रयोग गरी  ति महिलाको गोठबाट गाई चोरेर आफ्नो गोठमा ल्याई काटेको बुझिएको छ।’

‘सुरुमा डोलबहादुरले बोल्न नसक्ने ति मानिसलाई निजले मारेर काटेको हो भनेर आरोप लगाए पछि पछि उ आफैले मारेर काटेको स्वीकार गरेको छ’, वडाध्यक्ष कँडेलले  यस्तो बताए। -लुम्बिनी पत्रिका

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →