Salime Malika Krishi Farm

Awareness Campaign

असोज १४ गते वामीटक्सारमा नगर अधिवेशन सम्पन्न गर्ने निर्णयका साथ एमालेको बैठक सम्पन्न



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमाले, मुसिकोट नगरकमिटीको दशौ पूर्ण बैठक वामीटक्सारमा सम्पन्न भएको छ। बैठकले संगठन सुदृढिकरणका सम्बन्धमा विविध निर्णयहरू गरिएको नगर पार्टी अध्यक्ष प्रकाश काफ्लेले बताऊनुभएको छ। अध्यक्ष काफ्लेका अनुसार असोज ३ गतेसम्म वडाकमिटीको बैठक बस्ने,असोज ११ गते सम्म वडाअधिवेशन गरि सक्ने र असोज १४ गते वामीटक्सारमा नगरअधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ।

अधिवेशन लाई केन्द्रित गरेर बैठकमा विभिन्न उपसमितिहरू बनाऊने निर्णय भएको प्रचारप्रसार विभाग प्रमुख रामकृष्ण कंडेलले बताउनुभयो। कंडेलका अनुसार प्रकाश काफ्लेको संयोजकत्वमा प्रतिबेदन लेखन विभाग उपसमिति,रामकृष्ण कंडेलको संयोजकत्वमा प्रचारप्रसार विभाग, टोपनारायण श्रेष्ठको संयोजकत्वमा साउन्ड सिष्टम तथा मन्च ब्यबस्थापन बिभाग,लक्ष्मण फुल्लेलको संयोजकत्वमा खाना व्यवस्थापन विभाग, सन्दिप खत्री संयोजक तथा राजेश रायमाझि सहसंयोजक रहनेगरी स्वयंसेवक बिभाग,सिरीकृष्ण सापकोटा संयोजक रहनेगरी खानेपानी व्यवस्थापन विभाग निर्माण गरिएको छ। यसैगरी अखिल नेपाल महिला संघका पदाधिकारीहरूको सकृयतामा अतिथि सत्कार गरिने छ।

मुसिकोट नगर अधिबेशन लाई अत्यन्तै ब्यबस्थित बनाऊनका लागि बिभागिय प्रमुखहरूले आफु मातहतको बिभाग लाई पुर्णता दिदै कामहरू शुरू भईसकेको प्रचार विभाग प्रमुख कंडेलले बताऊनुभयो।

सिंचाई
Forest
Ad.

नगर कमिटी उपाध्यक्ष रामबहादुर थापाको स्वागत मन्तब्य, केन्द्रिय सदस्य गणेश खनालको प्रमुख आतिथ्यता रहेको बैठकको सन्चालन सचिब गोपिकृष्ण खरेलको तथा अध्यक्षता नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो