Smoking Causes Cancer

वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईले भदौ १२ गते दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन गर्ने



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, ठूलाखर्क इकाईले दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन यही भदौ १२ गते तदनुसार अगस्ट २८ तारिकमा आयोजना गर्ने भएको छ। संस्थाका पदाधिकारीहरुको बैठकले जुम भेला मार्फत भर्चुअल अधिवेशन गर्न लागेको हो।

दोश्रो साधारणसभा तथा प्रथम अधिवेशन मार्फत संस्थाको नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ। वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समितिका शाखा समितिको रुपमा वामी देखि बाहिरका सबै शाखाहरुलाई विकास गर्ने तथा वामी भित्रै विभिन्न इकाई गठन गरेर मुल समिति कै इकाइको रुपमा संस्थालाई चुस्तदुरुस्त पार्ने भन्ने अवधारणामा आधारित रहेर यो संस्था स्थापना गरिएको हो।

केहि होनहार युवाहरुको सक्रियतामा गठन भएको ठुलाखर्क इकाई संस्थापक समितिले थुप्रै सकारात्मक कामहरु गरेको छ। आधा वामी (उपल्लो वामी) का लागि घाट निर्माण गर्ने देखि कमल पोखरी सहित सत्तल निर्माण, टोलहरुमा स्वास्थ्य सामग्री वितरण, दैवी प्रकोप पिडितहरुलाई राहत उपलब्ध, दृघरोगीहरुलाई सहयोग लगायतका थुप्रै परोपकारी कार्यहरु गरेको छ।

सिंचाई
Forest
Ad.

वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिद्वारा आगामी कोजाग्रत पूर्णिमाको पर्सीपल्ट देखि चौथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेला आयोजनाको तयारी तिव्र पारिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो