Salime Malika Krishi Farm

Awareness Campaign

अखिल (क्रान्तिकारी) गुल्मीको सम्मेलन भदौ १५ मा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी, ७ साउन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थीहरुको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गुल्मीको जिल्ला सम्मेलन आगामी भदौ १५ गते हुने भएको छ।

संगठनको शनिबार सदरमुकाम तम्घासमा बसेको बैठकले भदौ १५ गते रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) को १९ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो।’

समाजवादी शिक्षा प्राप्ती हाम्रो अभियान, सुदृढ संगठन निर्माणको लागि जिल्ला सम्मेलन’ भन्ने नाराका साथ हुन लागेको सम्मेलन सम्पन्न गर्नको लागि राजन पोखरेलको संयोजकत्वमा ५१ सदसस्यीय अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितिको गठन गरिएको छ। बैठकले सम्मेलन सम्पन्न गर्नको लागि विभिन्न उप-समितिहरु पनि गठन गरेको छ।

सिंचाई
Forest
Ad.

जसमा राजन पोखरेलको संयोजकत्वमा आर्थिक समिति, हुमाकान्त पोखरेलको संयोजकत्वमा प्रचार-प्रसार समिति, रमेश पाण्डेको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, बालेन श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति, रेखा नेपालीको संयोजकत्वमा अतिथि सत्कार समिति, किसन पाण्डेको संयोजकत्वमा प्रतिनिधि छनोट समितिको गठन गरिएको छ।

त्यस्तै राज खड्काको संयोजकत्वमा स्वयम् सेवक परिचालन समिति, निलम नेपालीको संयोजकत्वमा साँस्कृतिक समितिको गठन गरिएको छ । संगठनले पदम प्रसाद पाण्डेको संयोजकत्वमा लक्ष्मीप्रसाद खनाल, राजु गौतम, पुष्कर खड्का र वेद प्रसाद कुँवर सदस्य रहने गरी निर्वाचन समतिको गठन गरिएको छ।

संगठनले सम्मेलन सम्पन्न गर्नको लागि गुल्मी क्षेत्र नम्बर १ को जिम्मेवारी बालेन श्रेष्ठ र २ को जिम्मेवारी रमेश पाण्डेलाई जिम्मेवारी दिएको छ । जिल्लाका सबै पालिकामा पालिकास्तरीय भेला गठन गर्नका लागि कामको बाँडफाँड समेत गरेको छ । जसमा चन्द्रकोटमा किसन पाण्डे, सत्यवती र कालिगण्डकीमा बालेन श्रेष्ठ र किसन पाण्डे, रुरुक्षेत्रमा विशाल थापा, छत्रकोटमा किसन पाण्डे र बालेन श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ।

त्यसैगरी गुल्मीदरबारमा युनिभर्स चन्द र राजन घिमिरे, रेसुङ्गा नगरपालिकामा राज खड्का र प्रियङ्का पन्थी, मुसिकोट नगरपालिकामा प्रकाश चालिसे, राजन पोखरेल, इस्मा गाउँपालिकामा पुष्कर पोखरेल, मालिका गाउँपालिकामा रमेश पाण्डे, मदाने गाउँपालिकामा गोपाल भण्डारी र प्रदिप भुसाल एवं धुर्कोट गाउँपालिकामा इन्द्र पोखरेल र युनिभर्स चन्दले जिम्मेवारी पाएका छन् ।

Awareness by SKF

त्यसैगरी संगठनले सम्मेलनको दिन अखिल (क्रान्तिकारी)का पूर्व गुल्मी जिल्ला अध्यक्षहरुलाई सम्मान गर्ने, शहिद तथा वेपत्ताका सन्ततीहरुलाई सम्मान गर्ने, विद्यार्थी आन्दोलनका बिषयमा पालिकास्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना र माओवादी आन्दोलनको बिषयमा विचार गोष्ठिको आयोजना गर्ने पनि निर्णय गरेको छ । संगठनले संगठन निर्माण गर्दा वृक्षारोपण गर्ने, सरसफाई गर्ने लगायतका रचनात्मक कार्य गर्ने पनि निर्णय गरेको छ।

संगठनले जिल्ला सम्मेलनको दिन २०८० सालको एसइईमा गुल्मी जिल्लाबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गर्ने निर्णय गरेको छ । जसमा छात्रातर्फ सिद्धबाबा माध्यमिक विद्यालयकी अनिशा वि.क. र छात्रतर्फ महेन्द्र माध्यमिक विद्यालयका कल्याण मरासिनी एवं सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने रेसुङ्गा माध्यमिक विद्यालय सम्मानित हुने संगठनका जिल्ला अध्यक्ष राजन पोखरेलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो