Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको कालिगण्डकीमा वनमाराले ढाकेको जग्गामा सामूहिक किवी खेती



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: कालिगण्डकी गाउँपालिका-१, सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको जग्गामा किसानले किबी खेती थालेका छन्। बाँझो ५४० रोपनी जग्गाको सदुपयोग गर्दै २३ कृषक मिलेर अहिले सामूहिक किवी खेती गरेका हुन्।

वर्षौँदेखि बाँझो रहेको जग्गाको सदुपयोग गर्न ६ हजार ७०० बिरुवा रोपेर व्यावसायिक किवी खेती गरेको उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपाणि पाण्डेले बताए। ‘यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ समूह नै बनाएर सामूहिक किवी खेती गरेको उनको भनाइ छ। वर्षौँदेखि बाँझो रहेको जग्गामा अहिले किवी खेतीले हराभरा भएको र जग्गाको पनि सदुपयोग भएको समूहकी सदस्य तथा कृषक मनकुमारी रानाले बताइन्।

सिँचाइ समस्या

सिंचाई
Forest
Ad.

किवी खेतीका लागि पहाडी भूभाग भएकाले सिँचाइको समस्या रहेको सो समूहका सदस्या तथा कृषक तिलक राना बताउँछन्। अहिले पहिलो पटक केही बिरुवाहरुले उत्पादन दिन थालेको बताउँदै भविष्यमा आफूहरूको पेन्सन नै किवी हुने उनको भनाइ छ।

ज्ञान केन्द्रको २८ लाख सहयोग

अहिले उक्त स्थानमा किवी खेतीका लागि पोल निर्माणका साथै ताजा तरकारी र साना सिँचाइका लागि २८ लाख रुपैयाँको काम भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसान यसतर्फ आर्कषित भएको कृषि भण्डारीले बताए ।

६५ हेक्टर क्षेत्रफलमा किवी खेती

Awareness by SKF

जिल्लामा ६५ हेक्टर क्षेत्रफलमा किवीका बिरुवा लगाइएको छ भने २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञान केन्द्रले जनाएको छ।

२०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ।

समुद्री सतहदेखि एक हजार २०० मिटरभन्दा माथिको भूभागमा किवी खेती हुन्छ । जिल्लामा एक हजार दुई सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तह खेती गर्न योग्य मानिएका छन्। -थाहा खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो