गुल्मी: कार्य सम्पादन मुल्याङ्कनमा लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरु मध्ये बर्दिया, कपिलवस्तु र गुल्मी अस्पताल उत्कृष्ट तीनमा परेका छ। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयको न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत अनुमगन मुल्याङन तथा समिक्षा कार्यक्रममा बर्दिय अस्पताल ९६ अंंक ल्याई प्रथम भएको छ।
त्यस्तै कपिलवस्तु अस्पतालले ९४ अंक ल्याई दृतिय र गुल्मी अस्पतालले ९१ अंक ल्याई तृतिय स्थान हाँसिल गरेको स्वास्थ्य निर्देशनालयकी प्रमुख नर्सिंङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले मंगलबार गुल्मी तम्घासमा आयोजित कार्यक्रममा घोषणा गरेकी हुन्।
अस्पताललाई गुणस्तरिय सेवा प्रवाह गराउन स्थानीय सरकार रेसुङ्गा नगरपालिकाले ठुलो सहयोग गरेको बताउँदै .. श्रेष्ठले अस्पताल विकास समिति र वरिष्ठ मेसु डाक्टर किशोर बञ्जाडेको टिमले सेवा प्रवाहमा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । अस्पतालले ईलेक्ट्रोनिक हाजिरको व्यवस्था गरेको , बैठक नियमित गरेको , शल्यक्रिया सेवा , सुचना अधिकारीको ब्यबस्था , बिरामीले पाउने सेवाको विषयमा सुचना पार्टी राखिएको , ब्रेस फिडिङ, गुणस्तरिय सेवा प्रवाह गरेको , बिरामीलाई टोकनको व्यवस्था , बडापत्रको व्यवस्था सोसल क्लिनिक , गोनोमिटर , सिसीटिभी कभेरज भएको लण्ड्रीको ब्यवस्था , वाटर सप्लाई सेवा , फोन नम्वरको ब्यवस्था लगायतकका विभिन्न सुचकमा गुल्मी अस्पताल उत्कृष्ट तिन मध्ये एक परेको श्रेष्ठले बताईन् ।
डाक्टर किशोर बञ्जाडेले मेसुको कार्यभार सम्हाले लगत्तै बर्षऔं देखि न्युन तलबको शोषणमा परेका तल्लातहका कर्मचारीहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा माथी तलव बृद्ध गर्नु भएको थियो । तलव बृद्धि गर्दा पनि अघिल्लो आर्थिक बर्षमा अस्पात विकास समितिमा ४२ लाख मुनाफा भएको थियो भने यस बर्ष ६७ लाख मुनाफा वृद्धि गराउन सफल भएको वरिष्ठ मेसु डाक्टर बञ्जाडेले बताए।
उनँले रेसुङ्घा नगरपालिकाका मेयर खिलध्वज पन्थीले खेलेको भुमिकाले नै अस्पतालको सेवा प्रबाहमा केहि गर्न सकिएको भन्दै पन्थी प्रति आभार प्रकट गरे ।
मुल्याङकनमा गुल्मी अस्पताल प्रदेश मै तेश्रोा स्थान हाँसिल गर्न सकेकोमा कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री र बिशेष अतिथी मेयर पन्थीले अस्पताल परिबारलाई बधाई दिए ।
विकास समितिले अस्पतालको स्वास्थ्य सेवा बृद्धिमा उल्लेखनिय भुमिका निभाएको भन्दै मेयर पन्थी र त्यस अस्पतालका डाक्टर प्रदीप शिवाकोटी सम्मान गरेको छ।
मेयर पन्थीले कार्यभार सम्हालेपछि अस्पतालमा डाईलासिस सेवा सञ्चालनमा ल्याएको , हाडजोर्नी , स्त्रीरोग बिशेषज्ञ डाक्टरहरु पालिकाको तर्फबाट ल्याएको लगायत अस्पतालको सेवा प्रवाह गुणस्तरिय बनाए बापद सम्मान गरिएको जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताउनु भयो ।
त्यस्तै हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर शिवाकोटीले सेवा प्रबाह गर्न थाले देखि त्यस्ता रोगका बिरामीहरु बढेको , जिल्लाबाट पाल्पा बुटवल लगायतका अस्पतालमा रिफर गर्न नपरेको र जिल्लाबासी निकै लाभन्वित हुँदै आएकोले उहाँलाई सम्मान गरिएको कदरपत्रमा उल्लेख छ ।
त्यस्तै कार्यक्रममा सिअहेव अधिकृतद्धयः खिमबहादुर ज्ञवाली र रमेश प्रसाद पन्थी स्टाफ नर्स विन्दु बिश्वकर्मा र कार्यालय सहयोगी देवबहादुर बस्नेतलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा बिशेष अतिथी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा र पत्रकारकार महासंघका अध्यक्ष टोपलाल अर्याल लगायतले मन्तब्य राखेका थिए । अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य निरीक्षक अर्यालको सञ्चालन रहेको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










