Smoking Causes Cancer

मुसिकोटमा थुमापार्क लालीगुराँस महोत्सव हुँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

सरीता पौडेल, मुसिकोट, गुल्मी: मुसिकोट नगरपालिका-३, थुममा अवस्थित थुम लालीगुराँस पार्कमा गुराँस फुलेको अवसरमा लालीगुराँस महोत्सव हुने भएको छ।

लाली गुराँस फुलेर ढकमक्क भएको यो अवसरमा आन्तरिक पर्यटक प्रर्वधन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक वसन्त अधिकारीले बताउनु भयो।

महोत्सवका अवसरमा खुला भलिबल प्रतियोगिता, खुला रेकर्ड डान्स प्रतियोगिता, नौमती बाजा, सरायँनाच साथै बृहत सांस्कृतिक कार्यक्रम साथै खानाका विभिन्न परिकार र नाईट स्टे गर्ने गरि तयारी गरिएको वडा सदस्य थम्मन बहादुर घिमिरे क्षेत्रीले बताउनु भयो।

सिंचाई
Forest
Ad.

भलिबल तर्फ प्रथम पुरस्कार रु ३५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र, द्वितिय पुरस्कार रु २५,०००/- मेडल, ट्रफी र प्रमाणपत्र साथै सेमीफाईनलमा पुग्ने टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक हिमाल कार्कीले बताउनु भयो।

महोत्सवमा रेकर्ड डान्स प्रतियोगिता, सरायनाच, भैलो तथा नौमती बाजा प्रर्दशन तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने गरि कार्यक्रम तय गरिएको पुर्व वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्री बताउनु भयो।

थुमा लाली गुराँस पार्कको पर्यटन प्रर्वधन गरि आन्तरिक तथा बाह्य पर्यटन भित्राउन प्रचार प्रसार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थुम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा न ४ पुर्वका वडा अध्यक्ष ओम बहादुर के.सी. ले बताउनु भयो। यो क्षेत्र धार्मिक हिसाबले पनि ऐतिहासिक महत्त्वपूर्ण रहेको साथै प्रकृतिक रुपमा पनि सुन्दर रहेकोले यसको प्रचार प्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने पुजा व्यवस्थापन समितिका अध्यक्ष वसन्त रिज्यालले बताउनु भयो।

महोत्सव सम्पन्न गर्नका लागि देश तथा विदेशबाट सहयोग जुटेको, साथीहरु पुर्ण सकृयताका साथ लागिरहेको र महोत्सव यहि चैत्र १५, १६ र १७ गते रहने आयोजकले बताएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो