Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लवको दोश्रो साधारण सभा एवम् प्रथम अधिवेशन सम्पन्न



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट युवा क्लव गुल्मीको दोश्रो साधारण सभा एवम् प्रथम अधिवेशन सम्पन्न भएको छ । वडा नं ७ वामीटक्सार स्थित दरबार होटलमा सम्पन्न अधिवेशनले बसन्त अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा अनुप पाण्डे, उपाध्यक्षमा दिनेश सिंह ठकुरी, महिला उपाध्यक्षमा सपना रायमाझी, महासचिवमा बिष्णु प्रसाद आचार्य, सचिवमा आशिष के.सी., सहसचिवमा लोकनाथ सापकोटा, कोषाध्यक्षमा कमल बराल र सहकोषाध्यक्षमा करिष्मा अर्याल लगायत चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लिलाधर भट्टराई, हुकुम थापा, सरिता पन्थ, सुचना महत र जगन्नाथ न्यौपाने रहनुभएको छ । वि.स.२०७९ साल फाल्गुण १७ गते मुसिकोट नगरपालिकामा दर्ता भई तदर्थ समिति मार्फत काम गर्दै आईरहेको क्लवले पहिलो अधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गरेको हो ।

सिंचाई
Forest
Ad.

साधारण सभामा क्लवका अध्यक्ष बसन्त अधिकारीले आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष अधिकारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार क्लवले नगरपालिकाका ९ वटै वडाका युवाहरुलाई सम्मिलित गरी सक्रिय रुपमा आफ्नो क्रियाकलाप अगाडी बढाएको छ भने वडामा वडा समितिहरु समेत निर्माण गरिएका छन् ।

क्लवले स्थापनाको एक वर्षको अवधिमा किशोर किशोरीहरुलाई प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम, निःशुल्क आँखा तथा मधुमेह परिक्षण शिविर, ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण सहित रक्तदान कार्यक्रम गरी १ सय १२ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाईटी बुटवल शाखालाई हस्तान्तरण गरेको छ । त्यस्तै स्थानीय संस्कृति र कलाहरुको संरक्षणका लागि हरितालिका तीजमा तिज गीत प्रतियोगीता र सरायनाँच प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । क्लवले वडा नं ४ मा प्रत्येक महिनाको अन्तिम शुक्रवार स्थानीय उपजहरुको विक्री सुनिश्चित गर्न हाटबजार समेत सञ्चालन गर्दै आईरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवन, नेकपा एमाले जिल्ला सदस्य नारायण सापकोटा, नेपाली काँग्रेस जिल्ला सदस्य झविलाल भण्डारी, नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष श्रीराम महत, एलायन्स क्लवका अध्यक्ष रामकृष्ण कंडेल, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष कौरव खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट स्थित विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, क्लवका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Awareness by SKF

क्लवका अध्यक्ष बसन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अनुप पाण्डेको स्वागत मन्तव्य एवम् महासचिव विष्णु प्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो