Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको धुर्काेटमा किसानलाई राँगा वितरण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

वासुदेव पाेखरेल, गुल्मी: गुल्मीको धुर्काेट गाउँपालिकामा किसानलाई राँगा वितरण गरिएको छ । धुर्काेट गाउँपालिका र धुर्काेट कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट राँगा वितरण गरिएको हो ।

गाउँपालिकाकाे पशु विकास शाखाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वडामा बिउका लागि राँगा वितरण गरिएको हो । प्रत्येक वडामा १/१ वटा गरी सात वटा राँगा वितरण गरिएको हो । उन्नत जातका राँगा बिउका लागि वितरण गरेको धुर्काेट गाउँपालिका पशु शाखा प्रमुख भरत खड्काले जानकारी दिए ।

शुक्रबार गाउँपालिकाकाे केन्द्र बर्बाेटबाट प्रत्येक वडालाई राँगा वितरण गरिएको हो । गाउँपालिकाले ५० हजार रुपैयाँका दरले तीन लाख ५० हजार रुपैयाँमा खरिद गरिएको थियो । राष्ट्रिय पशु प्रजनन कार्यालय पाेखरा कास्कीबाट ल्याएर राँगा वितरण गरिएको थियो ।

सिंचाई
Forest
Ad.

गाउँपालिकाले यस कार्यक्रमबाट दुधमा आत्मनिर्भर हुने अपेक्षा लिएको छ । यसअघि धुर्काेट मासुमा आत्मनिर्भर भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो