Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा सवारी भाडादर घट्यो



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मी जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटाइएको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायीहरुको पनि प्रतिनिधित्व थियो ।

सडकहरुको अवस्था सुधार भएपनि भाडा महङ्गो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् ।

सिंचाई
Forest
Ad.

तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैयाँ घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दरअनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।

पछिल्लो समय गुल्मी जिल्लाका ग्रामीण भेगका सडकहरु स्तरोन्नतीसँगै सडक ग्राभेल र कालोपत्रे हुन थालेका छन्, जसले गर्दा सवारी साधानहरुले भाडा दर घटाएर लिनुपर्ने माग नागरिकको छ ।

जिल्लाका अन्य सडकको अवस्थाको आधारमा भाडादर हेरफेर गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सडकहरुको अवस्था र यातायात व्यवसायी लगायत सरोकारवालाहरुसँगको छलफलपछि अन्य सडकहरुको पनि भाडा दर समायोजन गरिने प्रशासनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो