Smoking Causes Cancer

संस्मरण: सम्झनामा गाउँको माघेझरी…



प्रेम सुनार
२ वर्ष अगाडि


Place for ads

बिहान त्यस्तै ४/५ बजे तिर निद्राले छाडे पछि उठ्ने तरखर हुन्थ्यो। तर पानी परिरहेको टिनको छाना बजिरहेको हुनाले बच्चाहरूलाई सुताउन लोहरी सुनाएको जस्तो आनन्द आउँथ्यो र थप केही घण्टा मिठो निद्रा लाग्थ्यो।

एक दिन हो र?! साता दश दिनसम्म माघे झरी लाग्थ्यो। त्यस अवधिमा गाई भैँसीलाई नल पराल तातोपानी मानिसहरूलाई भट्ट मकै लगायत तातिलो खानाको जोहो हुन्थ्यो। अझ बढी याद आउँछ गहतको तातो रस र अमिलो सिन्कीको। आगो ताप्न अँगेनामा घुचाडाघुचाड हुन्थ्यो। पछिल्लो समय हिउँदमा लामो झरीको महसुस हुन छाड्यो। त्यही बाल्यकालको टिनको छानाको तपतप खोजिरहेको छ मनले। तर यता सहर तिर बाहिर पानी परेको भित्र थाहै हुन्न, कि कसो?

मैले अहिले नाम बिर्सेँ। केही वर्षअघि एकजना साहित्यकार भन्दै थिए माघे झरी एकनासको सिमसिमे हुन्छ। सिमसिमे पानीको आफ्नै ताल र राग हुन्छ।

सिंचाई
Forest
Ad.

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →