Smoking Causes Cancer

गुल्मीका ३० वर्षीय युवा मृत फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

तिलाचन पाण्डे, तम्घास: गुल्मीमा ३० वर्षीय युवा मृत अवस्थामा फेला परेका छन। चन्द्रकोट गाउँपालिका-१ का ३० वर्षीय प्रकाश खत्री मङ्गलबार मृत अवस्थामा फेला परेको गुल्मी जिल्लाका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो।

सोमबारदेखि घरको सम्पर्कमा नरहेका खत्री घरदेखि दुई सय मिटर पश्चिममा आफ्नै खरवारीमा मृत फेला परेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो।

प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको र पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याउने तयार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। गोरखापत्र अनलाइनमा यो खबर छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो