Smoking Causes Cancer

गुल्मीका रजाली परिवारद्वारा विद्यालय र धार्मिक स्थलमा अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

नविन कार्की, गुल्मी: गुल्मीका एक परिवारले विद्यालय र धार्मिक स्थलमा अक्षय कोष स्थापना गरेका छन। जिल्लाको गुल्मी दरबार गाउँपालिका-२ का रजाली परिवारले अक्षय कोष स्थापना गरेका हुन।

वडा नं २ जुभुङ्ग उर्लाकाेटमा जन्म भइ हाल बेलायतमा बस्दै आएका समाजसेवी लोकबहादुर रजाली र भिमा रजालीले स्व. तीलबिर रजाली, स्व. राधिकला रजाली, पूर्व शिक्षक स्व. गणेश बहादुर थापा र स्व. रुपा घर्तीको सम्झनामा सँयुक्त रुपमा श्री सुर्योदय माध्यमिक विद्यालयको शैक्षिक उन्नयनका लागी नगद १ लाख ५ सय त्यसै श्री महाकाली निम्नमाध्यमिक बिधालय, जुभुङ्ग, ठुलाचौरमा नगद ५० हजार ५० बराबरको अक्षय कोष स्थापना गरेका छन।

सिंचाई
Forest
Ad.

यस्तै जुभुङ्गका दुई प्रमुख धार्मिक स्थल श्री खडकदेवी मन्दिर का लागि नगद २५ हजार २५ र देवि मन्दिर ठुलाचौरको लागि २५ हजार २५ रुपियाँको राशीकाे तीलबिर-राधिकला तथा गणेश -रुपा स्मृति अक्षयकाेष स्थापना गरेका हुन ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो