Smoking Causes Cancer

एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परे सौतनी आमा र छोरा



प्रेम सुनार
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको छिमेकी जिल्ला प्युठानमा दुई दिन अघि सौतनी आमा र छोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेको घटनाले सनसनी छाएको छ। आइतबार राति जिल्लाको झिमरुक गाउँपालिका-३, बाँदीकोट सिमसरा स्थित घर नजिकै काफलको रुखमा दुई अलग-अलग डोरीमा सौतेनी आमा र छोरा झुण्डिएको अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार त्यस गाउँकी ३५ वर्षीय विष्णा खड्का र २३ वर्षीय विशाल खड्का झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। त्यहाँका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वर थापाका अनुसार विशाल विष्णाका सौतेला छोरा हुन्।

बाबु भारतमा नोकरी गर्न गएका छन्। विशालकी आमा अन्यत्र विवाह गरेर गएपछि बाबुले कान्छी श्रीमतीका रुपमा विष्णालाई विवाह गरी ल्याएका थिए। विष्णा तर्फका १३ वर्ष उमेरका छोरा रहेको डिएसपि थापाले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

उहाँले भनुभयो, ‘हिजो नै दुवै मृतकको शब पोष्टमाटम गरी आफन्तजनलाई बुझाइएको छ। आत्महत्याको कारण खुल्न सकेको छैन।’ झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले घर नजिकै रहेको काफलको रुखमा उनीहरु झुण्डिएको अवस्थामा फेला परेको र पोष्टमाटमपछि आज दाहसंस्कार गर्न लागिएको आफुले जानकारी पाएको बताउनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →