Smoking Causes Cancer

‘सहकारीको पैसा दुरुपयोग गरेको’ भन्दै रवि लामिछानेमाथि मकैको खोया प्रहार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पोखरा: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आक्रमण भएको छ।

शनिबार पाेखराकाे अमरसिंहचाेकमा आयाेजित पार्टीकाे सभालाई सम्बाेधन गर्ने क्रममा एक व्यक्तिले उनीमाथि मकैकाे खाेया प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार सभामा सहभागी लमजुङ घर भई पाेखरामा बस्दै आएका सन्ताेष रानाभाटले लामिछानेमाथि खाेया प्रहार गरेका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

सिंचाई
Forest
Ad.

सम्बाेधका क्रममा लामिछानेले सहकारीकाे विषय उठाएपछि उनले खाेया प्रहार गरेका थिए। खाेया प्रहारसँगै उनले लामिछानेमाथि सहकारीकाे पैसा दुरुपयाेग गरेकाे आराेप लगाएका छन्।

आफूमाथि खाेया प्रहार भएपनि सम्बाेधनलाई निरन्तरता दिएर लामिछाने सभाबाट बाहिरिएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो