Salime Malika Krishi Farm

Awareness Campaign

चिसो भुइँमा सुत्न बाध्य शुभकलालाई समाजसेवी लिल बहादुर थापाले पठाए खाट र बिस्तारा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

नेपालगन्ज: साघुँरो कोठा। भुईमा त्रिपाल विछाएर त्यसमाथि तन्नाको बिस्तारा। पुरानो कम्बलको न्यानो कति पुग्यो होला? बाँके खजुरा गाउँपालिका-४ बस्ने शुभकला कुमाल छोराछोरी सहित भुईंमा सुत्नपरेको भिडियो हेरेपछि अमेरिकामा बस्ने लिल बहादुर थापाले सहयोग पठाएका छन।

भिडियो राखेको एक घण्टा नहुदैं लिल बहादुरले सुभकलाको परिवारमा तत्काल राहत उपलव्ध गराउन खबरगन्जका संचालक पत्रकार खगेन्द्र दाहाल मार्फत रकम पठाए । दाहालले मंगलबार सुभकलाको घरका लागि २ वटा खाट, बेड विस्तारा, तन्ना, सिरानी, फाइबरको सिरक, ५ बोरा मसिनो चामल, एक पेटी तेल, दाल, चिनि, चियापत्ती, पिठो, नुन, चाउचाउ, विस्कुट, भुजा, चिउरा, नुहाउने लुगाधुने साबुन, लुगाधुने सरफ, सेम्पु, मसला, अण्डा लगाएत खाध्यान्न सामग्री प्रदान गरे ।

सुभकलाको छोरी र छोराको लागि स्कुल ड्रेस ट्रयाक सुट, कापि कलम, झोला, चार जोर कालो सेतो स्कुल जुत्ता समेत हस्तान्तरण गरे । ५० हजार बराबरको सहयोग घरमा आइपुग्दा सुभकला र उनका सन्तानले खुसिको आशु झरेका थिए । पढाई बाट बन्चित हुन परेको सुभकलाको छोरीले बुधबार देखिनै डि गाउँमा रहेको विद्यालयमा निशुल्क रुपमा पढ्न पाउने भएकी छन ।

सिंचाई
Forest
Ad.

घरमा खान समेत अन्न नहुदाँ उहाँहरुलाई थप समस्या परेको भिडियो हेरेपछि अमेरिका बस्ने थापाले सबै व्यवस्था जुटाउन सहयोग पठाएका हुन । लिल बहादुर भन्छन्, अपांगता बाट पिडित सुभकलाको एक खुट्टा छोटो र उनि बैसाखिको मद्धतले हिडडुल गर्ने र परिवार हेर्ने गर्नुहुदो रहेछ यो देखेर मेरो मन पनि रोयो । दैनिक गुजारा चलाउन समेत मुस्किल भएको यो परिवारमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुसि लागेको छ लिल बहादुरले भने । अब उहाँहरु भोकभोकै चिसो भुईमा बस्न पर्नेछैन ।

छोरीले नियमित विद्यालय जाने छिन् । हाल सुभकला बस्ने घर पनि उनको होइन । उनको देवरको घरको एक कोठामा बसिरहेकी उनलाई आफ्नो घर नहुदाँ थप चिन्ता छ । आफ्नो घर बाढीले लगेपछि नयाँ घर बनाउन सकेकि छैनन् । देवर अहिले बाहिर कतै जिल्लातिर छन् उनि आएपछि आफु कता जाने भन्ने पिरले उनलाई सताउन भने छाडेको छैन । तत्कालका लागि लिल बहादुरले पठाएको सहयोग पाएपछि उनले भगवान बनेर आफ्नो रक्षा गरेको बताइन । खुसिका आशु झारिरहेकी सुभकलाले लिल बहादुरलाई सधै राम्रो होस भनेर आशिष दिइन।

समाजसेवी लिल बहादुर थापाले गुल्मी र बागलुङका कैंयौं दीनदुखीहरुलाई सहयोग गर्दै आइरहेका छन्। दैनिक अठार घण्टा काम गर्ने थापाले आजसम्म २ करोड रुपैयाँ भन्दा बढी दान दिइसकेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो