गुल्मी: श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर तथा गुल्मी निर्माण व्यवसायी संघका महासचिव हरिकुमार श्रेष्ठ सम्मानित हुनुभएको छ।
उहाँलाई समयमै गुणस्तरीय भवन निर्माण गरेको भन्दै जिल्लाको मुसिकोट नगरपालिकाले पुर्वप्रधानमन्त्री केपी शर्मा आलीद्वारा सम्मानित गरेको हो ।श्रेष्ठलाई समयमै उत्कृष्ट भवन निर्माण गरेको भन्दै मुसिकोट नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा पुर्व प्रधानमन्त्री ओलीले सम्मानपत्र सहित सम्मान गर्नुभएको हो ।
गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडी पनि जिल्लाका विभिन्न स्वास्थ्य चौकीको अत्याधुनिक भवनहरु समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै सम्मानित हुनुभएको थियो । उहाँ जिल्लामा सबैभन्दा बढी कर बुझाउने व्यवसायी समेत हुनुहुन्छ ।श्रेष्ठलाई करदाता सेवा कार्यालय गुल्मीले पनि यो वर्ष उत्कृष्ट करदाताको रुपमा घोषण गरेको छ ।
पूर्व प्रधानमन्त्री ओलीद्वारा सम्मान ग्रहण गर्दै श्रेष्ठले आफुलाई निर्माण कार्यमा थप उर्जा प्राप्त भएका बताउनुभयो । नगरपालिकाको लिफ्टसहितको अत्याधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको छ । अहिले १८ रोपनी १४ आना क्षेत्रफलमा चारतले भवन बनेको हो । जसमा दुईवटा मिटिङ हल, एउटा सेमिनार हल, ३९ कोठा, ठूलो पार्किङ क्षेत्रसहितको प्रमुख प्रशासकीय भवन निर्माण गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि १५ करोड ३० लाख ६५ हजार आठ सय पाँच रुपैयाँ लागत अनुमान गरिएको थियो । जसमा आठ करोड ४८ लाख ११ हजार चार सय २० रुपैयाँमा २० पुस ०७७ मा श्रेष्ठ महादेव खिम्ती जेभीले निर्माणको सम्झौता गरेको थियो निर्माण व्यवसायी श्रेष्ठसँगै जग्गादाताहरूलाई पनि सम्मान गरिएको थियो।

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








