Salime Malika Krishi Farm

Awareness Campaign

बडिगाडमा पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु



सागर भण्डारी
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बडिगाड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । गाउँपालिकाको वडा नं-५ स्थित खार बजारमा प्रतियोगीता सुरु भएको हो ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवम् खार माध्यमिक विद्यालयको व्यवस्थापनमा गरिएको प्रतियोगीताको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो ।

पहिलो दिनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले खेलकुदको विकाससंगै विद्यार्थीहरुबीच रहेका खेल प्रतिभाहरुको उजागर गर्नका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको भन्दै खेलुकद क्षेत्रका लागि गाउँपालिकाले आवश्यक योजनाहरु बनाएर अगाडी बढिरहेको बताउनुभयो ।

सिंचाई
Forest
Ad.

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा लिएर सहभागी भएका थिए ।

तीन दिन सम्म चल्ने प्रतियोगीतमा पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १० बिद्यालय सहभागी छन । खेलमा छात्र तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउण्ड लगायतका प्रतियोगीताहरु सञ्चालन हुनेछन् । त्यस्तै छात्रा तर्फ कबड्डी, भलिवल, १००,४००,१५०० मिटर, ४-१०० रिले दौड, उफ्रने र फ्याँक्ने हाईजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्ड लगायतका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।

पहिलो दिन छात्र भलिबल तथा छात्र छात्रा सटफुट लगायतका प्रतियोगीताहरु सञ्चालन भएका छन् । उद्घाटन सत्रमा गाउँपालिकाका उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, त्रिभुवन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ढालमणी भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खार माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञ घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षता एवम् गाउँपालिकाका शिक्षा अधिकृत पूर्ण बहादुर घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो