Clean Water Campaign

Awareness Campaign

गुल्मी प्रशासन: बिहान ७ बजे देखि बाहिर बन्द भित्र खुल्ला



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: शुक्रबार बिहान ७ बजेर १९ मिनेटको समयमा गुल्मी जिल्ला प्रशासन कार्यालय भित्र छिर्दा बाहिरी गेटको सानो ढोका खुल्ला थियो भने भित्रको ढोका बन्द थियो।

पछाडिको ढोकाबाट भित्र छिरेकी खरिदार करुणा न्यौपाने नागरिकता फाँटको कुर्चीमा बसेर काम सुरु गरिन। त्यो भन्दा पहिला ७ बजे अघि नै राहदानी फाँटमा कर्मचारी काममा व्यस्त थिए। बिहान त्यति बेला आउने कर्मचारी साँझ ९ बजे सम्म काम गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए।

उनका अनुसार गत असोज महिनाको तुलनामा कार्तिक महिनामा सेवाग्राहीको संख्या झण्डै दोब्बर बढेको छ। भोलिका लागि आजै टोकन वितरण गर्नु पर्ने अवस्था छ। गैरे झैँ प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसी पनि फाँटहरुमा पुगेर कर्मचारीहरुलाई सघाएको देखिन्छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →