Salime Malika Krishi Farm

Awareness Campaign

बुर्तिबाङमा दुई दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दुको अपरेसन शिविर सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: बागलुङको बुर्तिबाङमा २ दिने निःशुल्क आँखा उपचार तथा मोतियाबिन्दुको अप्रेशन शिविर सुरु भएको छ। लायन्स क्लब अफ ढोरपाटन बागलुङको आयोजनामा सुरु भएको आँखा शिविरको पहिलो दिन ५ सय ७३ जनाले सेवा लिएका छन्।

पश्चिम बागलुङका ४ स्थानीय तह संगै छिमेकी गुल्मी जिल्लाका लाभग्राहीहरु समेत शिविरमा आँखा चेकजाँचका लागि पुगेका थिए । शिविरमा आँखाको चेकजाँच, आवश्यकता अनुसार चस्मा तथा औषधी वितरण संगै परामर्श तथा मोतिया बिन्दुको निःशुल्क अप्रेशन समेत गरिने लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष रामप्रसाद आर्चायले जानकारी दिनुभयो ।

कार्यक्रमको लायन्स डिस्ट्रिक ३२५ को गर्भनर सुचित्रा थापाले उद्घाटन गर्नुभएको थियो । शिविरको पहिलो दिन ४२ जनाको मोतिया विन्दुको अप्रेशन गरिएको उहाँले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

शिविरमा आएका विरामी मध्ये १ जना रिफेल जलविन्दु र १ जनाको आँखाको पर्दामा समस्या देखिएकाले हिमालय आँखा अस्पताल पोखरा रेफर गरिएको नेपाल नेत्र ज्योति संघ बागलुङका इन्चार्ज विनम लामिछानेले जानकारी दिनुभयो।

त्यस्तै १ सय ५० जनालाई चस्मा वितरण, आवश्यक औषधी तथा परामर्श सेवा प्रदान गरिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका आँखा रोग विशेषज्ञ रुद्ध्र खत्रीले बताउनुभयो । शिविर भोली पुनः बिहान ८ बजेदेसुरु हुनेछ।

लायन्स क्लब अफ ढोरपाटनको आयोजना, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, ढोरपाटन उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी उपशाखा बुर्तिबाङ र बुर्तिबाङ राईजिङ युवा क्लबको सहयोग तथा नेपाल नेत्र ज्योति संघ बागलुङ र हिमालय आँखा अस्पताल पोखरा, धवलागिरी आँखा अस्पत्ताल बागलुङको प्राविधिक सहयोगमा शिविर चलिरहेको छ। -जिटिभी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो