Smoking Causes Cancer

आस्थाको प्रतिक: सुपादेउराली मन्दिर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


       

Place for ads

अर्घाखाँची: यो देवी मन्दिर नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ। सुपादेउराली मन्दिर कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाने बाटोमा पर्दछ। सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो।

त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्।सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ। तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ।

सिंचाई
Forest
Ad.

दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ। यस मन्दिरमा एकादशी, औंसी र पूर्निनबाहेकका दिनमा भाकल चढाउने गरिन्छ। विशेष: शनिबारका दिन भाकल चढाउनेहरुको भीड लाग्दछ। प्राकृतिक रूपमा पनि यो क्षेत्र मनमोहक छ।

मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङछङ आवाजले त्यो बाटो भएर आवतावत गर्ने यात्रुको मन लोभ्याँउछ। मन्दिर परिसरबाट हिमाल, पहाड र तराई एकैसाथ देख्न सकिन्छ। यहाँ टाढा टाढा बाट मानिसहरू भाकल चढाउन आउने गर्दछन्। सुपादेउराली मन्दीरमा गरेको पूजाआजाले मनोकांक्षा पूरा हुने जविश्वास रहेको पाइन्छ।

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो