सन्धिखर्क: जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिर लगायतका क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुपादेउराली मन्दिर र खाँची दरबार क्षेत्रमा सरसफाई गरिएको बताएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक नवरत्न राठौर, सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसी,विभिन्न राजनितीक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागीतामा सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |




