Salime Malika Krishi Farm

Awareness Campaign

घर-घरमा दशैँ चटारो, धुर्कोटमा मेला शुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा पालिका स्तरिय महोत्सवहरु तछाड पछाड सुरु भएको छ । मालिका गाउँपालिकाको सिमलटारि महोत्सव सम्पन्न नहुदै छिमेकि धुर्कोट गाउँपालिकाले पनि आईतवार देखि दोश्रो धुर्कोट सास्कृतिक तथा व्यापार महोत्सव मेला सुरु गरेको छ।

घटस्थापनाको दिन बिहानै देखि कोटमन्दिरमा पुजापाठ् बैठ्क च्स्लिरहेका थिए । घर घरमा लिपपोत चलिरहेको थियो । कतै साझ जमरा राख्ने तयारि पनि थियो । तिनै भ्याईनभ्याई दशैको चटारो दृश्य नियाल्दै गुल्मिको धुर्कोट गाउँपालिको केन्द्र बर्बोट पुग्दा दोश्रो धुर्कोट सास्कृति तथा ब्यापार मेलाको उद्घाटन सत्र चलिरहेको थियो ।

प्रमुख अतिथि त्यस क्षेत्रका सासद तथा पुर्व मन्त्री गोकर्ण बिष्ट आउने भनेन दिउसो एक बजे सम्म कुरेका आयोजकले नेता बिष्ट जरुरि कामले आउन नसकेको थाह पाए पछि निरास भए । तर केहि बेर मै अर्का प्रदेश सासद दिनेश पन्थि आउने खबर पाए पछि उत्साहित भए । उद्घाटनको बेला सम्म दर्शक दीर्घमा भन्दा अतिथि गणको संख्या बढि थियो । त्यसैले केहिबेर स्थानिय कलाकारले दर्शक तान्बे कोशिस गरे।

सिंचाई
Forest
Ad.

तए केहिबेर पछि कलाकार सन्दिप न्यौपाने , भुवन खड्का , बिनोद बिस्ट मेला स्थल भित्र छिरेको माईकिङ्ग भए पछि भने आयोजकको मुहारमा खुशि छाएको देखिन्त्यो । कार्यक्रममा त्यस अघि दलका नेता र संघ संस्थाका अतिथिले मन्त्व्य राखेर सहभागीलाई भुलाएका थिए।

धुर्कोट सिर्जनशील रिपोर्टस युवा क्लबको आयोजना र एशियन थाईफुड प्रालिको प्रायोजनमा आयोजित मेलालाई उद्घाटन प्रमुख अतिथि पन्थिले मन्तब्य राख्दै दशै र मेला सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष काठमाडौं पुगेकोले थिएन्न । उपाध्यक्ष सिता गिरि कार्यक्रम सुरु नहुदै झुल्किएर फर्केकि थिइन ।

जिल्लामा पालिका स्तरिय मेला महोत्सव तछाड मछाड चल्दा दशैको मौलिक सास्कृति गुम्ने होकि चिन्ता छ । छिमेकि मालिका गाउँपालिकाको सिमलटारिमा सता भन्दा बढि दिनको महोत्सव समापन नहुदै यता छिमेकमा मेला सुरु हुदा सिमलटारि बाट यता धुर्कोटको मेलाको स्टलमा आईपुग्ने ब्यापारि र पिङ्ग र बालौद्धान संचालन गर्नेहरु उतै छ्न । क्लबका अध्यक्ष अर्जुन भन्डारि र सचिब राजन केसिले सिमलटारि महोत्सवले अस्वास्थ्व प्रतिस्पर्धा गरेर तोकिएको मिति भन्दा बढि अबधि थपेकोले उद्घाटन सत्रमा पुर्ण तयारि हुन नसकेको गुनासो गर्दै थिए ।

Awareness by SKF

असोज २८ देखि कार्तिक ५ गते सम्म चल्ने महोत्सवमा ६१ जना राष्ट्रिय कलार आउने सुचि देख्दा पालिकाहरुमा ब्यापार होला कि पैसा बाहिरिएला भन्ने चिन्ता पनि बक्ताहरुले ब्यक्त गरे । कार्यक्रममा सचिब राजन घिमिरे र संचारकर्मि बासुदेव घिमिरेको उद्घोषण रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो