Smoking Causes Cancer

गुल्मीमा गोठमा आगलागी हुँदा पशु चौपाया घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिश पन्थी, गुल्मी: गुल्मीमा गोठमा आगलागी हुँदा पशु चौपाया घाइते भएका छन। जिल्लाको छत्रकोट गाउँपालिका ३ काउलेका पशुपति पन्तको गोठमा आगलागि हुदा पशु चौपया घाइते भएका हुन।

बिहिवार बिहान करिब ८:३० बजेको समयमा पन्तको टिनले छाएको २ तले कच्ची गोठमा कुडो पकाउने क्रममा एक्कासी आगलाही हुदा सोहि गोठमा रहेको भैँसी र पाडा जली घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

आगलागी भएको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी श्रृडगावाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा करिब एक घन्टा पछि आगो पुर्ण रुपमा नियन्त्रणमा आएको पाण्डेले जानकारी दिए । आगलागी बाट १५ हजार बराबरको क्षति भएको र बिस्तृत विवरण पछी आउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो