Smoking Causes Cancer

Awareness Campaign

मुसिकोटमा मोटरसाईकल चोरी गर्ने २ युवा पक्राउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: जिल्ला प्रहरी कार्यालय बागलुङले मोटरसाईकल चोरी गर्ने २ युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका ११ रिघाका २० बर्षिय लोकेश राना र गुल्मीको मालिका गाउँपालिका वडा नं ३ का १८ वर्षीय मदन भनिने छव बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन के.सीले जानकारी दिनुभयो।

उनीहरुले गत असौज ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारका विक्रम श्रेष्ठको बजाज १ सय ५० सीसी पल्सर मोटरसाईकल र असौज ६ गते बागलुङको गलकोट नगरपालिका ९ का बालकृष्ण केसीको १ सय ५० सीसीको पल्सर बाईक चोरी गरेका थिए ।

सिंचाई
Forest
Ad.

मोटरसाईकल चोरी गरेर भागेका उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान चल्दै गरेको केसीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो