Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी अस्पतालमा डाक्टर नहुँदा बिरामीलाई सास्ती



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मी: गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ ।

दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् ।

कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू निजी क्लिनिक र जिल्लाबाहिरका अस्पतालहरूमा जान बाध्य भएको स्थानीय सुमित्रादेवी पाण्डेले गुनासो गर्नुभयो । छिमेकी जिल्ला अर्घाखाँचीबाट अस्पतालमा सेवा लिन आउनुभएका फर्सीराम पाण्डेले पनि जनशक्ति अभावमा उपचार पाउन समस्या भएको भन्दै तत्काल समस्याको समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सिंचाई
Forest
Ad.

अस्पतालमा बिरामीहरूले सहज रूपमा उपचार पाउन नसकेको देखेपछि सरोकारवालालाई फोन गरेर विरामीहरूले सहज रूपमा उपचार पाउने गरी व्यवस्था मिलाउन अनुरोध गरेको रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर अनिता खत्रीले बताउनुभयो ।

गुल्मी अस्पतालका अध्यक्ष गोपाल पाण्डेले अस्पतालमा जनशक्ति अभाव भएको स्वीकार गर्दै आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभयो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले पछिल्लो समय गुल्मी अस्पतालमा डाक्टरहरूको अभाव हुँदा सहज रूपमा उपचार पाउन नसकेका स्वीकार गर्नुभयो । यस समस्याको समाधान गर्न आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो । यता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले गुल्मी अस्पतालको समस्यालाई समाधान गर्ने प्रयास जारी रहेको बताउनुभयो ।

तत्कालका लागि समस्या समाधान गर्न दरबन्दी करारबाट पूर्ति गर्ने र दीर्घकालीन समस्या समाधान गर्नका लागि प्रदेश लोकसेवाबाट पदपूर्तिको तयारी भइरहेको उहाँको भनाइ छ । डाक्टरहरूको सङ्ख्या पनि कम भएको र त्यसैमा पनि पहाडमा जान नखोज्नु अर्को रोग भएको पन्थीले बताउनुभयो । यो समाचार गोरखापत्र राष्ट्रिय दैनिकमा गुल्मीबाट तिलाचन पाण्डेले लेख्नुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो