Salime Malika Krishi Farm

Awareness Campaign

जुनेली साहित्य समाजको दोस्रो वार्षिकोत्सव सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

हिजो कृष्ण जन्माष्टमीको दिन “जुनेली साहित्य समाज”ले दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ। संस्थाको केन्द्रीय उपाध्यक्ष तथा वार्षिकोत्सव समारोहका संयोजक श्री नारायण कोइराला ज्यूले वार्षिक विवरण, जुनेलीको विकास, सिद्धान्त र यस वर्षको कार्य तालिकाको बारेमा जानकारी दिनुभएको थियो।

लुम्बिनी प्रदेश समितिका अध्यक्ष श्री डिल्लीराज शर्माले लुम्बिनी प्रदेश भित्र भएका जुनेली साहित्यको विस्तार र प्रदेशमा जुनेली साहित्य प्रति बढ्दो जनलहर रहेकोले अब प्रदेश भित्रका जिल्लाहरूमा जिल्ला समितिहरू गठन गरिने कुरा बताउनु भयो।

जुनेली साहित्य समाज नेपालका प्रवर्तक तथा केन्द्रीय अध्यक्ष श्री शिव कुमार रेग्मी ज्युले सम्पूर्ण स्रष्टाहरूलाई वार्षिकोत्सव तथा जन्माष्टमीको शुभकामना दिनुभएको थियो। उहाँको अनुसार तीन सदस्यीय बागमती प्रदेश समितिको घोषणा गर्दै अरू सदस्यहरूको विस्तार स्वयं बागमती प्रदेशका नवनिर्मित प्रतिनिधिहरूले गर्ने गरि जिम्मा लगाएको जानकारी दिनुभयो।
अध्यक्षमा श्री शोभा आचार्य गौतम, काठमाडौं, कोषाध्यक्षमा श्री धन कुमारी रेग्मी, भरतपुर र सचिवमा श्री प्रद्युम्न चालिसे, भक्तपुर नियक्त हुनुभएको छ।

सिंचाई
Forest
Ad.

वार्षिकोत्सव तथा कृष्ण जन्माष्टमी विषयमा लेखिएका जुनेलीहरू:
(१)
कृष्ण जी
आए
खुसियाँ
ल्याए।
(२)
राखेर
मान
देखाए
सान।
(३)
थियो है
बाधा
रातको
आधा।
(४)
इश्वर
भए
संसार
रहे।
(५)
देवता
बने
सुध्रन
भने।
(६)
मानेन
कंस
नासियो
वंश।
(७)
गोकुल
धाम
खुसीले
जाम।
(८)
सत्यको
वृष्टि
टिकाए
सृष्टि।
(९)
मुक्तिको
ठाम
बनाए
धाम।
(१०)
जुनेली
गीत
सबैको
हित।

-नारायण कोइराला
तानसेन,पाल्पा

(१)
श्री कृष्ण
हरे
जन्मिन्छन्
भरे।
(२)
जप्नु नै
काम
कृष्णको
नाम।
(३)
जपेर
नाम
बैकुण्ठ
धाम।
(४)
पुजा नै
गरि
सागर
तरि।
(५)
हे!कृष्ण
हरि
दया नै
गरि।
(६)
लगाउ
पार
संसार
तार।
(७)
दुष्टको
नास
कंसको
खास।
(८)
श्रीकृष्ण
जय
हुदैन
भय।
(९)
गोपिनी
धेरै
भन्दथे
मेरै।
(१०)
सबैका
साथ
कृष्णका
हात।

-कपिल किशोर घिमिरे
दाङ, हाल:कैलाली

Awareness by SKF

(१)
हिन्दुमा
आज
विशेष
राज।
(२)
भाद्रको
मास
अष्टमी
खास।
(३)
कृष्णको
पक्ष
नगरौं
भक्ष।
(४)
मन्दिर
जाउ
प्रसाद
खाउ।
(५)
अष्टमी
रात
जाग्राम
साथ।
(६)
कनैया
आयो
खुसी नै
छायो।
(७)
मुटुमा
पस्ने
दुखीमा
बस्ने।
(८)
हिन्दुका
सारा
गोपीका
प्यारा।
(९)
कंस ती
मामा
खोल्दिए
जामा।
(१०)
उज्यालो
छायो
हर्ष नै
आयो।

-कृष्ण रेग्मी
झडेवा,पाल्पा

(१)
जुनेली
झरौ
अभ्यास
गरौँ।
(२)
अष्टमी
आज
जुनेली
माझ।
(३)
जन्मको
गर्व
जुनेली
पर्व।
(४)
मुरली
धुन
जुनेली
सुन।
(५)
श्रीकृष्ण
साथी
जुनेली
माथी।
(६)
गोपिनी
आए
जुनेली
गाए।
(७)
यमुना
तरि
हेर्दा हुन्
परी।
(८)
यसोदा
आमा
राक्षस
मामा।
(९)
मख्खन
चोर्दै
हण्डीको
फोर्दै।
(१०)
जुनेली
भरे
प्रणाम
गरे।

– बुद्धिमान दनुवार (सुरूङ्गेली कान्छो)
कनकाई-४,झापा

(१)
नमन
गरे
जुनेली
झरे।
(२)
गोपिनी
सारा
कृष्ण हो
पारा।
(३)
कृष्ण हो
नाम
मधुरा
ठाम।
(४)
जुनेली
माझ
पर्व हो
आज।
(५)
सुन्दर
मन
कृष्ण नै
धन।
(६)
जन्मेका
हुन
आजका
दिन।
(७)
अष्टमी
पर्व
मनमा
गर्व।
(८)
भण्डार
फोर
मख्खन
चोर।
(९)
जुनेली
भक्ति
कृष्णको
शक्ति।
(१०)
परेर
छक्क
गोपिनी
मख्ख।

– सहयात्री शोभा अर्याल
बुटवल,रूपन्देही

(१)
अष्टमी
आयो
नाचौ झै
लायो।
(२)
इश्वर
सर्त
बसेर
व्रत।
(३)
सबैको
माझ
नाच्ने हो
साँझ।
(४)
जुनेली
बुझी
कृष्णको
पुजी।
(५)
नखाई
भुजा
गरिन्छ
पुजा।
(६)
कम्मर
कस्छौ
मिलेर
नाच्छौ।
(७)
जुनेली
पर्व
मानेर
गर्व।
(८)
नगरी
भुल
चढाई
फुल।
(९)
कृष्णको
हात
जुनेली
साथ।
(१०)
सोच्दछौ
दामी
मान्दछौ
हामी।

– तिल्सरा शर्मा
रूकुम पश्चिम, नेपाल

(१)
श्रीकृष्ण
हरे
रक्षा नै
गरे।
(२)
कृ्ष्णले
गर्दा
अगाडि
सर्दा।
(३)
मनमा
रयो
उत्पत्ति
भयो।
(४)
जुनेली
काव्य
उत्सव
भव्य।
(५)
पार्दछौ
दामी
मिलेर
हामी।
(६)
लक्ष्य छ
खास
दुष्टको
नास।
(७)
लिएर
लक्ष्य
छोडेर
पक्ष।
(८)
जुनेली
पढ
अगाडि
बढ।
(९)
अष्टमी
पर्व
गर्दछौं
गर्व।
(१०)
नछोडी
धर्म
गर्दछौं
कर्म।

– डिल्लीराज शर्मा
पाल्पा, हाल: रूपन्देही

(१)
पाल्पाली
चेली
जुनेली
खेली।
(२)
कृष्णको
नाम
जपेर
काम।
(३)
जन्मेको
दिन
जुनेली
छिन।
(४)
रमाए
गरे
कामना
भरे।
(५)
मख्खन
चोर्ने
घईटा
फोर्ने।
(६)
सबैको
न्यारा
कृष्ण नै
प्यारा।
(७)
जन्मेको
बेला
खुसीको
मेला।
(८)
खोल्दैछौ
आज
कृष्णको
राज।
(९)
राम्रो जो
गर्छ
खुसी मै
पर्छ।
(१०)
गोठाल
जान्थे
मख्खन
खान्थे।

– शोभा रेग्मी अर्याल
बुटवल,रूपन्देही
हाल: कुबेत

(१)
श्रीकृष्ण
प्यारा
ज्ञानको
धारा।
(२)
कन्हैया
कृष्ण
मेटाऊ
तृष्णा।
(३)
कृष्ण जी
आए
बाँसुरी
ल्याए।
(४)
बाँसुरी
बज्यो
मधुरा
सज्यो।
(५)
श्यामको
वंशी
रमाए
पंक्षी।
(६)
जुनेली
लेखे
कविता
देखे।
(७)
जुनेली
सानो
भर्दछ
मानो।
(८)
कविको
कर्म
लेखन
धर्म।
(९)
जुनेली
छरौ
साहित्य
भरौ।
(१०)
जुनेली
पर्व
मान्दछौ
गर्व।

– दीपक ठटाल जलन
खरसाङ, दार्जिलिङ

(१)
यो मन
भित्र
कृष्णको
चित्र।
(२)
भावले
पुर्ण
अहम्त
चुर्ण।
(३)
जुनेली
शीत
राधाको
प्रीत।
(४)
गीताको
ज्ञान
हिन्दुको
ध्यान।
(५)
दुष्टको
नास
कृष्णको
आस।
(६)
कृष्णमा
भक्ति
अध्यात्म
शक्ति।
(७)
कृष्णको
लीला
गोपिनी
मिला।
(८)
सत्यको
जीत
जनको
हित।
(९)
कंसको
बध
कृष्णको
कद।
(१०)
वंशीको
धुन
मधुर
सुन।

– प्रद्युम्न चालिसे
भक्तपुर,नेपाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो