Smoking Causes Cancer

गुल्मीमा रक्सी सेवन गरी ‌आफ्नै छाेराबाट बुवाकाे कुटपिट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा मादक पदार्थ सेवन गरी आफ्नै छाेराले बुबाको कुटपिट गरेका छन्। जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-२ झिरबासका ६० वर्षीय टीकाबहादुर घर्तीमगरलाई आफ्नै छाेरा ३२ वर्षीय नगेन्द्र घर्तीमगरले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

प्रहरीका अनुसार, शनिबार साँझ साढे ६ बजेको समयमा घरायसी विवादमा कारण छाेराले बुबालाई दाउरा प्रहार गरेका थिए । दाउरा प्रहारबाट टाउको देखि मुनि आखिभौँ नजिकै र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ।

घाइते बुबाको गुल्मीको गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल पठाइएको छ । छाेरा नगेन्द्रलाई प्रहरीले दाउरासहित नियन्त्रणमा लिएको छ।

सिंचाई
Forest
Ad.

बुबा र छाेरा दुवैले मापसे गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। -लाइभ गुल्मी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो