Smoking Causes Cancer

गुल्मीमा रक्सी सेवन गरी ‌आफ्नै छाेराबाट बुवाकाे कुटपिट



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा मादक पदार्थ सेवन गरी आफ्नै छाेराले बुबाको कुटपिट गरेका छन्। जिल्लाकाे गुल्मीदरबार गाउँपालिका-२ झिरबासका ६० वर्षीय टीकाबहादुर घर्तीमगरलाई आफ्नै छाेरा ३२ वर्षीय नगेन्द्र घर्तीमगरले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए।

प्रहरीका अनुसार, शनिबार साँझ साढे ६ बजेको समयमा घरायसी विवादमा कारण छाेराले बुबालाई दाउरा प्रहार गरेका थिए । दाउरा प्रहारबाट टाउको देखि मुनि आखिभौँ नजिकै र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ।

घाइते बुबाको गुल्मीको गुल्मी अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि बुटवल पठाइएको छ । छाेरा नगेन्द्रलाई प्रहरीले दाउरासहित नियन्त्रणमा लिएको छ।

सिंचाई
Forest
Ad.

बुबा र छाेरा दुवैले मापसे गरेको प्रहरीकाे अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। -लाइभ गुल्मी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो