पाल्पा: शीत काव्य समाज नेपालको आयोजनमा सीता मा वि यम्घा पाल्पामा विधार्थीहरूका लागि शीत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। शीत काव्य समाज नेपालका अध्यक्ष एवं शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिहले नेपाली साहित्य , पाल्पाको साहित्य र साहित्यकारमाथि प्रकाश पार्दै कविता लेख्न शीतले सघाउने बताउनु भयो।
कार्यक्रममा शीत प्रशिक्षण परिकल्पनाकार पुष्कर अथक रेग्मी र सहजीकरण शीत काव्य समाज पाल्पाका सचिव सुशील बस्यालद्वारा गरिएको थियोे । विशिष्ट अतिथिको रूपमा विधालयका प्रधानाध्यापक तेजराज पाण्डे र सहभागी विधार्थीहरू अर्पणा बस्याल र तयाराज सापकोटाद्वारा शुभकामना व्यक्त गरिएको थियोे।
नियमानुसार अर्थपूर्ण शीत लेखनमा सक्रिय विधार्थीहरू मुना सोमै, निशान भट्टराई र सुमिना बस्याललाई पुरस्कृत गरिनुका साथै समाजको तर्फबाट विधालयलाई उपहार स्वरूप पुस्तकहरू प्रदान गरिएको थियो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







