Smoking Causes Cancer

जिवराज आश्रितको जन्मथलोमै एमालेको स्मृति सभा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: नेकपा एमालेका चार कमिटीहरुको संयुक्त आयोजनामा जिवराज आश्रितको ८० औँ समृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

बिहिबार नेकपा एमाले मुसिकोट, चन्द्रकोट, सत्यवति र कालिगण्डकी गाउँकमिटीले एमालेका कुशल संगठक आश्रितको स्मृति सभा जन्मस्थान हरेवामा आयोजना गरेका थिए।

चन्द्रकोट गाउँकमिटी अध्यक्ष धाचानन्द शर्माको अध्यक्षता रहेको कार्यक्रममा एमाले उपमहासचिव प्रदिप ज्ञवाली र एमाले गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा थापाले टेलिफोनबाट कार्यक्रमलाई संबोधन गरेका थिए।

सिंचाई
Forest
Ad.

त्यस्तै केन्द्रिय सदस्य गणेश खनाल र जंग नेपाली, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, मुसिकोट नगरपालिका प्रमुख जिवन खरेल, सत्यवति गाउँपालिका उपाध्यक्ष निरमाया तरामु, कांग्रेस चन्द्रकोट कार्यसमिति सभापति बिष्णु भण्डारी, माओवादीका चन्द्रकोट गाउँकमिटी सचिव गोकर्ण शर्मा र रास्वपा चन्द्रकोट सल्लाहकार जागेश्वर शर्माले कार्यक्रमलाई संबोधन गरेका थिए।

कार्यक्रममा पत्रकार घनश्याम गौतमले जीवराज आश्रीतको जिवनीको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बोल्ने अधिकांश बक्ताहरूले जिवराजले नेपालको कम्यूनिष्ठ आन्दोलनमा गरेको योगदानको प्रशंसा गर्दै सबैको साझा नेताको रूपमा अगाडी बढाउनु पर्ने धारणा ब्यक्त गरेका थिए।

कार्यक्रमको संचालन नेकपा एमाले चन्द्रकोट गाउँकमिटी सचिव चिरन अर्यालले गरेका थिए । कार्यक्रमको पुर्वसन्ध्यामा बुधबार सरसफाई गरिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो