अनिल खत्री, गुल्मी: गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर ३ ह्वाङदी बस्ने ७० नन्दे बिक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।
बिक बुधबार घरबाट भतिजको घर मालिका वडानम्बर २ दर्लिङ गएर घर फर्किएका थिए । उनी घरमा नअाएको अाफन्तीले बिहीबार खोज्ने क्रममा वडानम्बर ३ दर्लिङ बाट पासे जाने पासेखोला स्थित कच्चि मोटर बाटो बाट करिब ३ सय मिटर तल मृत अवस्थामा फेला पारेकोप्रहरीले जनाएको छ ।
घटना बारे अनुसन्धानका लागि प्रहरी चौकी अर्खवाड.वाट प्र सहायक निरीक्षक यम बहादुर घर्ति र जिल्ला प्रहरी कार्यालय गुल्मी बाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको कमाण्डमा SOCO को सहित ५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







