Salime Malika Krishi Farm

Awareness Campaign

अँध्यारो ढोरपाटनमा उज्यालो बाँड्दै ढोरपाटन नगरपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, ढोरपाटन, बागलुङ: बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ छ्यान्तुङकी ७० वर्षीय थम कुमारी भण्डारीले आफ्नो जीवन टुकी र दियालो बालेरै बिताउनुभयो। विद्युतको अभावमा अँध्यारो जीवन बिताईरहनुभएकी उहाँ आईतबार भने खुसी देखिनुहुन्थ्यो। ढोरपाटन नगरपालिकाले वितरण गरेको सोलार बत्ती पाएपछि उहाँले खुसी हुँदै भन्नुभयो, “हामी अँध्यारोमा बस्नेलाई नगरपालिकाले सोलार दिँदा बल्ल सरकार आएजस्तो भयो।”

वडा नं ६ लामखोरियाका राममाया बि.कले नगरपालिकाले दिएको सोलार लिँदै दियालो बालेर पढ्दै आएका केटाकेटीलाई सोलार बत्ती भएपछि सहज हुने बताउनुभयो । “बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, सोलार बत्ती भएपछि केही सहज हुनेभयो ” उहाँले भन्नुभयो।

सोलार बत्ती पाएसँगै अहिले त्यहाँका स्कुले बालबालिकालाई राति पढ्न तथा मोबाइल चार्जदेखि घरमा राति उज्यालो बाल्नका लागि सहज हुने अर्का स्थानीय अम्बी बि.कले बताउनुभयो । उहाँले भन्नुभयो, “बत्ती नहुँदा छोराछोरीले सल्लाको दियालो बालेर राति पढ्ने गर्दथे, मोबाइल चार्ज गर्न पनि समस्या थियो, अब केही सहज हुने भयो।”

सिंचाई
Forest
Ad.

सो वडामा अहिलेसम्म पनि विद्युत् सेवा पुग्न सकेको छैन । स्थानीय सुनि बि.कले यसभन्दा अगाडी यस्तो कार्यक्रम ल्याएको आफुले थाहा नपाएको भन्दै उहाँले विद्युत नै ल्याईदिए अझै सहज हुने बताउनुभयो । “हामीलाई बिजुली नै ल्याईदिए हुन्थ्यो, उहाँले भन्नुभयो- दुर्गम ठाउँमा रहेका हामीलाई हरेक कुराको अभाव छ।”

ढोरपाटन नगरपालिकाले हालसम्म पनि विद्युतको पहुँच नपुगेका दुर्गम बस्ती वडा नं ९ को छ्यान्तुङ र वडा नं. ६ को लामखोरियामा उज्यालो सोलार वितरण गरेको हो । उक्त ठाउँमा रहेका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो । नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहत स्वरुप उज्यालो सोलार वितरण गरिएको उहाँको भनाई छ।

नगरपालिकाका कार्यवहाक नगरप्रमुख धनबहादुर कायतले ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्योरोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको जानकारी दिनुभयो।

विद्युतकै कारण सहज सञ्चारको पहुँचबाट समेत टाढा रहेका स्थानीयहरुको समस्यालाई ध्यानमा राखेर केन्द्रीय प्रशारण लाईनको विस्तारको काम समेत हुँदै गरेको उहाँले बताउनुभयो । विद्युतको सेवाबाट टाढा रहेका नगरपालिकाका अन्य दुर्गम ठाउँहरुमा समेत विद्युत पुर्याउने र केही समय भित्र बाँकी रहेका ठाउँहरुमा सोलार बत्ती वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाई छ।

Awareness by SKF

शनिवार सम्पन्न सोलार बत्ती वितरण कार्यक्रममा नगरपालिकाका कार्यवहाक नगरप्रमुख धन बहादुर कायत, प्रमुख प्रशाशकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, कार्यपालिका सदस्य नविन शेरचन, प्रशासन शाखा प्रमुख दिपक श्रीपाली, सञ्चारकर्मी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो