Salime Malika Krishi Farm

Awareness Campaign

राष्ट्रिय जनमोर्चाको आयोजनामा मुसिकोटमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, मुसिकोट: राष्ट्रिय जनमोर्चाको आयोजनामा गुल्मीको मुसिकोट नगरपालिकामा एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चा मुसिकोट नगर कार्यसिमितिका अध्यक्ष देव बहादुर रायमाझीको अध्यक्षतामा शनिबार मुसिकोटमा सम्पन्न एक दिने प्रशिक्षण कार्यक्रममा देशको समसामायिक परिस्थिति र विश्व दृष्टिकोण, जनता बिच कसरी जाने भन्ने बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको राष्ट्रिय जनमोर्चा मुसिकोट नगर कार्यसिमितिका सचिब बाबुराम खरेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा जिल्ला कार्यसमितिका अध्यक्ष राम कुमार क्षेत्रीको प्रमुख आथित्यता रहेको थियो भने गुल्मी जिल्ला नेकपा मसालका प्रबक्ता ओमेन्द्र कुमार कुवँर बिशेष अतिथि रहनु भएको थियो।

सिंचाई
Forest
Ad.

तेस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा गुल्मीका बरिष्ट सल्लाहकार मोहन लाल श्रेष्ठ, मुसिकोट नगर कमिटि पुर्ब अध्यक्ष भानु खरेल, पुर्व नगर सचिव ईस्वरी प्रसाद आचार्य लगायतको आथित्यता रहेको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि राम कुमार क्षेत्रीले देशको समसामायिक प्रस्थिति र बिस्व दृष्टिकोण, जनता बिच कसरी जाने भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै बिशेष अतिथि प्रबक्ता ओमेन्द्र कुमार कुवँरले राष्ट्रिय जनमोर्चाको ऐतिहांसिक तिन अभियान र त्यस भित्र रहेका शैध्दान्तिक, आर्थिक, सांगठानिक, शारिरिक र सांस्कृतिक पक्ष बिचमा रहेर प्रशिक्षण दिनुभएको नगर सचिब बाबुराम खरेलले बताउनु भयो ।

Awareness by SKF

सहिदहरुको सम्झनमा एक मिनटको मौन धारण, नगर उपाध्यक्ष आत्मराम न्यौपानेको स्वगत मन्तब्य र राष्ट्रिय जनमोर्चा गुल्मी जिल्लाका बरिष्ट सल्लाहकार मोहनलाल श्रेष्ठको शुभकामना मन्तब्य सङ्गै सुरु भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन मुसिकोट नगर कमिटि सचिब बाबुराम खरेलले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो