सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं-७ स्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयले २०७९ सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ।
विद्यालयबाट एसईई परीक्षामा सम्मिलित १ सय २ जना विद्यार्थी मध्ये ३.८८ जिपिए ल्याउन दिपेश सापकोटा लगायत सबै विद्यार्थी, तिनका अभिभावकहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको हो।
विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष टेक बहादुर रानाले विद्यार्थीहरुलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिंदै महेन्द्र नमुना माविले हरेक वर्ष उत्कृष्ट नतीजा हासिल गर्दै आईरहेको बताउनुभयो।

त्यस्तै विद्यालयका प्रधानाध्यापक देविराम शर्माले विद्यालयले शिक्षण सिकाईसँगसँगै व्यावहारिक सिकाईलाई पनि जोड दिंदै आएको बताउनुभयो । उहाँले विद्यार्थी केन्द्रित सिकाई विधिबाट पठनपाठनलाई जोड दिंदै आएको, प्रविधितर्फ विद्यार्थीलाई केन्द्रित गरेको, अतिरिक्त क्रियाकलापमा जोड दिएको र गुणस्तर सुधारमा विद्यालयले उल्लेख्य प्रगति हासिल गरेको बताउनुभयो।
उहाँले गुल्मी जिल्लामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय मध्ये महेन्द्र मावि पनि रहेको भन्दै नमुना माविको अवधारणासंगै विभिन्न विधामा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सफलता हासिल गर्दै आईरहेको बताउनुभयो।
एसईई परिक्षा दिएका जम्मा विद्यार्थी मध्ये विद्यालयबाट ४० जना विद्यार्थीले ३ जिपिए भन्दा माथि, ५७ विद्यार्थीले २ जिपिए भन्दा माथि र ५ जना विद्यार्थीले १.८० भन्दा माथि जिपिए प्राप्त गरेको विद्यालयका शिक्षक सरोजराज बौद्धाचार्यले जानकारी दिनुभयो।
माध्यमिक तहसम्मको कक्षा सञ्चालन रहेको विद्यालयमा हाल कक्षा १० सम्म अग्रेंजी माध्यम, कक्षा १-१२ नेपाली माध्यम र कक्षा ९-१२ मा प्राविधिक धार तर्फ सिभिल ईन्जिरियङको समेत पठनपाठन हुँदै आएको छ ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










