Salime Malika Krishi Farm

Awareness Campaign

पाल्पामा आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा:  भानुभक्त आचार्यको २१० ओैँ जन्मजयन्तीको अवसरमा पाल्पा साहित्य समाजले कविगोष्ठी समारोहको आयोजना गर्यो । विशिष्ट अतिथि इतिहासविद निर्मल श्रेष्ठले , पाल्पा साहित्य समाजले समय सापेक्ष पृथक बान्कीको कार्यक्रम गर्दै आएकोमा आजको भानुजयन्तीको कार्यक्रम पनि बिबिधतायुक्त पृथक रहेकोर समाले कार्यक्रमलाई निरन्तरता दिइनै रह‍ोस् ,” भनी बताउनु भयो । पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले, ” भाषा साहित्यको क्षेत्रमा भानुभक्तको योगदानलाई सब‌ैले सम्झनुपर्ने र सोचमा परिवर्तन ल्याउनु पर्दछ ” भन्नुभयो ।

भानुभक्त माथि संक्षेपमा प्रकाश पार्ने काम उप प्रा प्रतिभा पौडेलद्वारा भयो । प.प.न. मा. बि. बिधार्थीहरू सिर्जना कार्की र जानुमाया हिस्की, पाल्पा प्यारागन स्कूलकी केकी बस्यालले भानुभक्त माथि वक्तृत्व प्रस्तुत गरेका थिए ।

साहित्यकार डा. शंकर गैरे,नारायण प्रसाद शर्मा र प. प.न.मा. बि. का प्रधानाध्यापक सन्तवीर बरालद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । कवि गोष्ठीमा आरती बस्याल, सुबिना बस्याल, केकी बस्याल र भूमिका बस्याल गरि चार जना बिधार्थीले भानुभक्त विषयक कविता वाचन गरेका थिए ।

सिंचाई
Forest
Ad.

कवि गोष्ठीमा होमनाथ शर्मा , चन्द्रकला न्यौपाने ,गणेश नेपाली,राधादेवी पाण्डे ,इन्दिरा ज्ञवाली, जनकराज कँडेल , जनक भण्डारी ,शंकर ढकाल, भावना खनाल,गोविन्द भट्टराई ,धर्मचन्द्र नेपाल,गुणवती के सी,महेन्द्र पन्थी, सरस्वती भट्टराई ,नारायण प्रसाद शर्मा ,सन्तवीर बराल,अमर भाट,पुरूषोत्तम अर्याल,नारायणी शर्मा ,रेकराज बस्याल,डा. शंकर गैरे,गोविन्द खनाल,युवराज पौड्याल,रोहितप्रसाद ज्ञवाली,चित्रवलीराम सुवाल र पुष्कर अथक रेग्मीद्वारा कविता वाचन गरिएको थियो ।

प . प . न. मा . वि. का बिधार्थीहरूद्वारा रमाइलो नृत्य साहित्य पस्किएका थिए । उत्कृष्ट नृत्यहरू प्रस्तुत गरेवापत बिधार्थीहरूलाई पाल्पा साहित्य समाजको तर्फबाट नगद रू १ हजार पुरस्कार प्रदान गरिएको थियो । आदिकवि भानुभक्त आचार्यको २१० ओेै जन्मजयन्तीको अवसरमा प प न मा बि तानसेनको कार्यशालामा आयोजित कवि गोष्ठीको अध्यक्षता समाजका अध्यक्ष पुष्कर अथक रेग्मी , स्वागत सदस्य इन्दिरा ज्ञवाली र कार्यक्रम संचालन सचिव सविता भट्टराईद्वारा गरिएको थियोे ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो