Smoking Causes Cancer

गुल्मीकी स्मृती कँडेलले एसईई परीक्षामा ल्याइन् ४ जिपिए



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयकी एक छात्रा एसईई परीक्षामा लुम्बिनी प्रदेशकै सर्बोत्कृष्ट विद्यार्थी भएकी छ्न् भने देशकै प्रथम हुने विद्यार्थीहरुको पंक्तिमा आफूलाई उभ्याउन सफल भएकी छ्न्। छत्रकोट गाउँपालिका ४ मा रहेको शृङ्गा जनता माबिकी स्मृति कँडेल यस्तो सफलता हासिल गरेकी हुन् ।

निकै ठुला र गुणस्तरीय शिक्षा प्रदान गरिने हौवा पिटिएका गुल्मीको सदरमुकाम तम्घासका सामुदायिक र संस्थागत बिद्यालयहरुलाई पछि पार्दै ग्रामीण भेगका विद्यार्थीहरुले एसईई परीक्षा २०७९ को नतिजामा ती ठुला भनिएका विद्यालयहरुको बिरासत च्याचुत पारी दिएका छ्न् । देशकै टप सामुदायिक विद्यालय भनिएको बुटवल शहरको कालिका मानवज्ञान स्कुललाई समेत पछि पार्न सफल भएको गुल्मीको एक ग्रामीण भेगको सामुदायिक विद्यालयले।

एसईई परिक्षामा ठुला भनिएका र विद्यार्थी भर्ना गर्न मन्त्रीको पावरले पनि नटेर्ने ती विद्यार्थीहरुलाई जिल्ल परिदिने त्यो सामुदायिक विद्यालय हो छत्रकोट गाउँपालिका ४ को शृङ्गा जनता माध्यामिक विद्यालय । जसकी छात्र स्मृति कँडेलले जिपिए ४ ल्याएर नेपाल टपरहरुको पंक्तिमा आफुलाइै उभ्याउन सफल भएकी हुन् ।

सिंचाई
Forest
Ad.

सोही वडाको शृङ्गा टाकुरा टोलका भरतराज कँडेल र मिना गौतम कँडेलकी सुपुत्री स्मृतिले त्यस विद्यालय को मात्र नभइ छत्रकोट गाउँपालिका र सिङ्गो जिल्लाकै शिर उचो पारेपछी आइतबार जिल्ला समन्व्य प्रमुख द्रोणबहादुर खत्री सहित जिल्लाको सरोकारवाला त्यस विद्यालयमा पुगेर खुशियाली र्यालिमा झुमे । त्यस गाउँपालिका अध्यक्ष रामप्रसाद पन्थसहितका अगुवाहरु भाइ बहिनीहरुसँग बाजातालम नाच्दै खुशाली मनाउदै थिए ।

४५ जना सहभागी सबैले राम्रो जिपिए ल्याएका छ्न् । त्यस मध्ये रोजि कँडेलले ३.८ जिपिए ल्याएकी छ्न् । भावाना कडेल ले ३.७५ जिपिए , सिर्जना अर्यालले पनि त्यति नै र एक मात्र छात्र ओमीत अर्यालले ३.६ जिपिए ल्याएका छ्न् । ४५ मध्ये २२ छात्र र २३ जना छात्रहरु छ्न् । जिल्ला, प्रदेश र नेपाल टपर मध्येकी एक स्मृति कँडेललाइ छत्रकोट गाउँपालिकाले ३५ हजार धनराशिले पुरस्कृत गरेको छ । विद्यार्थी सम्मान कार्यक्रममा प्रधानध्यापक विकाशचन्द्र खरेलले विद्यार्थीप्रति आभार प्रकट गर्दै बधाइ दिए ।

२०१६ू सालमा स्थापना भएको शृङ्गा जनता मावी एसएलसी देखि एसईईसम्म राम्रो नतिजा ल्याउने विद्यालयका रुपमा परिचित छ । गत वर्ष कक्षा १२ को परिक्षामा यसै विद्यालयका जुम्ल्याहा छात्रा करिना टन्डन र करिस्मा ट्स्न्डनले बराबरी ३.५२ जिपिए ल्याएर जिल्ला टपर भएका थिए ।

सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री , छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , पुर्व अध्यक्ष मधुकृष्ण पन्त , उपाध्यक्ष साबित्रा ज्ञावाली , समाज सेवि अनन्त पौडेल , विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रामचन्द्र कडेल संस्थापक प्रध्यानाध्यपक अधिवक्ता तेजप्रसाद कडेल लगायतले जिल्लाको शिर उचो राखेको प्रती स्मृति कँडेल सहितका विद्यार्थीहरुलार्इ धन्यवाद र बधाई दिएका थिए । प्रमुख अतिथी खत्री खत्रीले भने गुल्मीका बिध्यार्थीहरुले फोर जिपिए ल्याउन भन्ने कामाना राख्दै मैले आशा राखेको सदरमुकामका बिध्यालयहरु सङ्ग रिज्स्ल्ट बाहिर आउन साथ जिज्ञासा् राखे , बुटवलको कालिकामा पनि सोधे । यह दुबैतिर शुन्री भएको सुने तर केही बेर पछि यस स्मृतिले फोर जिपिए ल्याएको सुन्दा खुशिको सिमा रहेन , स्मृती हामी सबैको स्मृतिमा बसिन ।

Awareness by SKF

स्मृतिकि आमा मिना गौतम कँडेल त्यसै विद्यालयकी अंग्रेजी बिषय शिक्षिका हुन् भने बाबू भरतराज कँडेल पनि घोर्ले माबिका शिक्षक हुन् । हजुर बाबू योतिनाथ कडेल समेत त्यसै विद्यालयका पुर्व शिक्षक हुन । छोरी स्मृती डाक्टर बन्न चाहेको बाबू आमाले बताए र स्मृतिले पनि सोही इच्छा प्रकट गरिन । परिवारका सबै शिक्षक र प्रशस्त सम्पत्ती हुदा पनि स्मृतिलार्इ कुनै महङ्गो बोर्डिङ्ग खोजेन्न उनीहरुले । त्यसै विद्यालयमा नर्सरीदेखि १० सम्मै पढाए । उनीहरुलार्इ कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख खत्री लगायतले सम्मान गरे ।

सम्मानित स्मृतिले यसको श्रेय शिक्षक शिक्षिका र अभिभावकलाई दिइन । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनीका अनुसार जिल्लामा २३० सामुदायिक र १० संस्थागत गरि १४० मावि छ्न् । त्यस मध्ये विद्यार्थी नहुँदा तम्घासको बृलियण्ड एकेडमी र वामिटक्सारको गोल्डेन फ्युचर बोर्डिङ्ग गत वर्षको एसईई परिक्षामा सहभागी भएन ।

कुल १३८ माविबाट ४ हजार २४० विद्यार्थी सहभागि भएकोमा ७८ विद्याथी अनुपस्थित थिए । जिल्लामा सामुदायिक तर्फ शृङ्गा जनता मावि र संस्थागत तर्फ बलेटक्सारको रेन्वो इङ्ग्लिस बोर्डिङ्ग स्कुल जिल्ला टप विद्यालय बनेको इकाई प्रमुख मरासिनीले जानकारी दिए । ३.९५ जिपिए प्राप्त गरि रेन्वोका विद्यार्थी निरज श्रेष्ठ संस्थागत विद्यालय तर्फ जिल्ला प्रथक भएका हुन् । गत वर्ष पनि यहाँको सामुदायिक विद्यालय तम्घासको रेसुङ्गा माबिले पहिलो पटक ४ जिपिए ल्याउन सफल भएको थियो। -ग्लोबल आवाज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो