Salime Malika Krishi Farm

Awareness Campaign

आइसिसी विश्वकप छनोट: ‘गर या मर’को स्थितीमा नेपाल, नेदरल्याण्डलाई जित्नै पर्ने दबाब



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपालले आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेल आज शनिबार नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा सुरु हुनेछ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउनै पर्ने अवस्थामा रहेको छ । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । तर विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । यद्यपी अन्तिम खेलमा नेदरल्यान्ड्सले सोमबार वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो । उता नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

सिंचाई
Forest
Ad.

इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा नेदरल्यान्ड्सका प्रमुख पहिलो रोजाईका बलर टोलीमा छैनन् । तर पनि डच टोलीको कुनै भर हुँदैन । दक्षिण अफ्रिकामा अभ्यास खेलमा नेदरल्यान्ड्ससँग नेपाल पराजित भएको थियो । पछिल्लो समय नेदरल्यान्ड्सले नेपालले भन्दा माथिल्लो स्तरको १२ टेस्ट टोली सहभागी सुपर लिग खेलेको थियो । प्रमुख खेलाडी नभएपनि नेदरल्यान्ड्स नेपाललाई स्तब्ध पार्न सक्छ । त्यसैले नेपाल सचेतका साथ उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो