Smoking Causes Cancer

लुकेका प्रतिभा खाेज्दै लोक दाेहाेरी गीत प्रतिष्ठान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बुटवल: राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालले ‘गुमनाम प्रतिभा’ खाेज्ने भएकाे छ। गुमनाम प्रतिभा खाेजी गर्ने उद्देश्यले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानकाे लुम्बिनी प्रदेश समितिले एकल लाेक गीत प्रतियोगिता तथा संस्थागत पशिक्षण कार्यक्रम गर्न लागेकाे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे।

बुटवलमा असार ७ र ८ गते दुई दिन सञ्चालन हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका करिब १ हजार २३ जना प्रतियाेगी सहभागी हुने प्रतिष्ठानका अध्यक्ष दिपु मगरले जानकारी दिए।

प्रतियाेगितामा सहभागी हुन कुनै शुल्क तिर्नु नपर्ने आयाेजकले जानकारी दिएकाे छ । सहभागीहरूलाई खाना बस्नकाे व्यवस्थापन पनि प्रतिष्ठानले नै गर्ने छ प्रतियाेगितामा प्रथम हुने प्रतियाेगीले ५१ हजार एक सय ११ रूपैयाँ, द्धितिय हुने प्रतियाेगीले ३१ हजार १ सय ११ रूपैयाँ, तृतिय हुने प्रतियाेगीले २१ हजार १ सय ११ सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

सिंचाई
Forest
Ad.

प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतियोगी छनौट गरिसकेको छ। अग्रज कलाकारलाई सम्मान समेत गरिने उक्त प्रतियोगिताको बिहीवार बुटवलको सिद्धेश्वरी खेल मैदानमा हुने जनाईएको छ। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो