Smoking Causes Cancer

क्रिकेट विश्वकप ग्लोबल छनोट: आज नेपाल र अमेरिका भिड्दै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा आज नेपाल र अमेरिका भिड्दै छन। नेपाल र अमेरिका बिचको खेल दिउँसो पौने १ बजे ताकासिंगा क्रिकेट क्लब हरारेमा हुनेछ।

पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । आजको खेलमा लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ।

यसअघि अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो। यहि फर्म्याटको पछिल्ला पाँच खेलमा नेपाल र अमेरिकाले दुई दुई खेल जितेका छन भने एक खेल बराबरी भएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो