Smoking Causes Cancer

छापहिले माविमा पछाई परिवारद्वारा अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

टोपलाल अर्याल, गुल्मी: छापहिले माविमा अक्षयकोष स्थापना गरिएको छ। मालिका गाउँपालिका ५ को छापहिले माविमा यम बहादुर पछाईको परिवारले तीन लाख तीन तीन सय ३३ रुपैयाँको अक्षयकोष स्थापना गरेको हो।

यम बहादुरले छोरी एलिसा पछाईको जन्मदिनको उपलक्ष्यमा दिवंगत बुबा सुर्य बहादुर पछाई र छोरी एलिसाको नामबाट ‘सुर्य बहादुर एलिसा पछाई’ अक्षयकोष स्थापना गरेको बिद्यालयका प्रध्यानाध्यावक धनु गिरीले जानकारी दिए ।

पछाईले विद्यालयलाई आमा र श्रीमती मार्फत कोष हस्तान्तरण गरेका थिए । यम बहादुर पछाई रोजगारीको शिलसिलामा जापानमा रहेका छन् । सोहि बिद्यालयमा पछाईले पनि अध्ययन गरेका थिए।

सिंचाई
Forest
Ad.

अक्षयकोषको बार्षिक व्याजको १० प्रतिशत रकमले कोष व्यावस्थापन गर्ने, २० प्रतिशत रकमले कक्षा १ देखि ९ सम्म अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई पुरस्कृत गर्ने, ३० प्रतिशत रकमले बिपन्न बिद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री वितरण गर्ने बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष ओम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार कोषबाट छात्रबृतिको समेत व्यावस्था गरिएको छ । कक्षा १–९ मा अध्ययन गर्ने बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागि कोषको व्याजबाट प्राप्त ३० प्रतिशत रकम प्रदान गरिनेछ । त्यस्तै कोषको १० प्रतिशत रकम एसइई परिक्षामा गणित, बिज्ञान र अंग्रेजी बिषयमा ८० प्रतिशतभन्दा माथि बिद्यार्थी उर्तिण गराउने शिक्षकलाई प्रोत्साहन स्वरुप प्रदान गरिने कार्कीले बताए ।

त्यस्तै विद्यालयका व्यावस्थापन समितिका पुर्व अध्यक्ष समेत रहेका ढाल बहादुर पछाईले पनि बुबा बलबहादुर पछाई र आमा पम्फा पछाईको स्मृतिमा २१ हजार रुपैयाँको ‘पम्फा बल बहादुर’ अक्षयकोष स्थापना गरेका थिए ।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो