Smoking Causes Cancer

गुल्मीमा प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिताको छनोट सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीमा एकल लोक गीत प्रतियोगिता छनोट कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश समितिले प्रदेश स्तरीय एकल लोक गीत प्रतियोगिता गुल्मी जिल्ला सदरमुकाम तम्घासमा गरिएको हो।

प्रतियोगितामा जिल्लाका ६ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । त्यसमध्येबाट रेखा कुमाल र रिता बिश्वकर्मा छनोट भएको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।

जिल्लाबाट छनोट भएका प्रतिस्पर्धीहरुले असार ७ गते बुटवलमा हुने प्रदेश स्तरीय प्रतियोगीतमा सहभागिता जनाउन पाउने छन् । छनोट कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव योगराज कंडेल र गायक हरि खत्रीले निर्णायको भूमिका गरेका थिए ।

सिंचाई
Forest
Ad.

जिल्ला सदरमुकाम तम्घास हुने कार्यक्रमको आयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी आयोजक रहेको छ । प्रदेश १२ जिल्लामा प्रतियोगिता हुनेछ । प्रदेशबाट प्रथम हुनेले ५१ हजार, द्धितिय हुनेले ३१ हजार र तृतिय हुनेले २१ हजार पुरस्कार पाउने प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थले बताए ।

कार्यक्रमबाट लोक गीतको क्षेत्रमा गायन कला भएका तर अबसर नपाएर लुकेर रहेका प्रतिभा बाहिर ल्याउने मुख्य उदेश्य रहेको पन्थले बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी अध्यक्ष सिलु भट्टराई, पुर्व अध्यक्षहरु खुम खत्री, जनक पन्त, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो