गुल्मी: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गुल्मीले जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ।
स्थानीय सरकारले निर्माण गर्ने बजेट ,नीति तथा कार्यक्रमलाई लक्षित गरि प्रशिक्षण दिईएको माओवादी केन्द्र गुल्मीका सचीव अशोक थापाले जानकारी दिए ।
माओवादी केन्द्र गुल्मीका इन्चार्ज तथा केन्द्रिय सदस्य वीर बहादुर कार्की,केन्द्रिय सदस्य सिर्जना तरामु,जिल्ला संयोजक बुद्धि जिसी लगायतले माओवादी बाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिईएका हुन ।
त्यस्तै चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसी,धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल ,मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्याल, रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली लगायत अन्य जनप्रतिनिधिले आफ्नो एक वर्षे कार्यकालको अनुभव , स्थानीय तहमा गरेका विकास निर्माणको कामको बारेमा जानकारी गराएका थिए ।
साधारण भुइँमान्छेका विषयवस्तु समेटेर बजेट ,नीति तथा कार्यक्रम बनाउन जनप्रतिनिधिलाई सुझाव दिइएको जिल्ला संयोजक बुद्धि जिसीले बताए ।
स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार भएको हुँदा नागरिकका आधारभुत आवश्यकलाई मध्यनजर गरि बजेट बनाउनु पर्ने जिसीले उल्लेख गरे ।
साथै प्रशिक्षण कार्यक्रममा पाटीको आन्तरिक गतिविधिको बारेमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले रिपोर्टिङ समेत गरेका थिए ।
आगामी दिनमा पाटिका रणनीति ,आन्तरिक कमि- कमजोरको बारेमा व्यापक छलफल गरि त्यसलाई सुदृढीकरण गर्न विभिन्न योजना अघि सारिएको जिल्ला इन्चार्ज वीर बहादुर कार्कीले बताए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










